लहान नगरपालिकाको ग्रामीण भेगका मल्लाह (सहनी) समुदाय छठपर्वको लागि चाहिने बाँसजन्य ढकिया बनाउन व्यस्त देखिएकाले उम्मेदवारहरूले आफ्ना कुरा राख्ने समय पाएका छैनन्। ढकिया बनाएर राम्रो आम्दानी गर्ने सपना देखेका मल्लाह समुदायको व्यस्तताले आसन्न निर्वाचनका उम्मेदवारहरू गाउँमा पसे पनि उम्मेदवारका कुरा सुन्ने फुर्सद कसैलाई छैन। स्थानीयवासी अब छठपछि मात्रै चुनावको कुरा गर्ने र कसलाई मत हाल्ने भन्ने निर्णय लिने बताउँदै आएका छन्।
धनकुटा नगरपालिका वडा नं. ३, सिप्तेनका रेसबहादुर राईले यो वर्ष दस रोपनी १० रोपनी क्षेत्रफलमा सयपत्री फूलको खेती गर्नुभएको छ। अघिल्लो वर्ष त्यही १० रोपनीमा लगाएको फूलबाट एक लाख ५० हजार आम्दानी गर्नुभएको राईले यो वर्ष पनि त्यति नै आम्दानी गर्ने सोच राख्नुभएको थियो तर यो वर्ष भने फूल कम फुलेका कारण चिन्तित हुनुहुन्छ। तिहारअघि नै फुलाएर बेच्ने लक्ष्यसहित फूल खेती गर्नुभएका राई तिहारपछि फूल फुल्ने चिन्ताले सताएको छ। यतिबेला फूल फुल्न थाल्नुपर्ने हो तर भर्खर कोपिला बस्दैछ, कहिले फुल्छ अनि कहिले बेच्नु, तिहारपछि त पक्कै फूल बिक्दैन उहाँ भन्नुहुन्छ।
विराटनगर महानगरपालिकाले डेङ्गु सार्ने लामखुट्टे र लार्भा नष्ट अभियान सुरु गरेको छ। रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्भावित जोखिम क्षेत्रको पहिचान गरेर लामखुट्टे र लार्भा नष्ट गर्न थालिएको हो। यस अगाडि महानगरले सरोकारवालालाई राखेर लामखुट्टे र लार्भा नष्ट गर्नेबारे अभिमुखीकरण गराएको थियो। महानगरले डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा कसरी नष्ट गर्न सकिन्छ भन्ने जानकारी गराएपछि वडास्तरीय अभियान सुरु गरेको हो।
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा अपेक्षितभन्दा बढी नै मत बदर भयो। आँकडामा उल्लेख गर्नुपर्दा दुई दशमलव चार प्रतिशत पूर्ण बदर र करिब १३ प्रतिशत आंशिक बदर भएको थियो। यो आँकडाले मतदाता शिक्षा प्रभावकारी नभएको पनि स्पष्ट सन्देश दिएको छ। यस अवस्थामा परम्परागत मतदाता शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ। आसन्न मङ्सिर ४ गतेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा बदर मतको आँकडा न्यून गर्ने चुनौती छ। त्यस चुनौतीको सामना गर्न परम्परागत मतदाता शिक्षा प्रणालीमा परिवर्तन गर्नु अति महत्त्वपूर्ण छ। यो कुरालाई राजनीतिक पार्टी, निर्वाचन आयोग र सम्बद्ध निकायले समयमै मनन गर्नु वाञ्छनीय थियो।
उत्तरी छिमेकी मुलुक जनवादी गणतन्त्र चीनमा सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन बेइजिङमा सुरु भएको छ। महाधिवेशनले संसारको ध्यान तानेको छ। विश्व राजनीतिलाई दिशानिर्देश गर्न सक्ने आकलन गरिएको यो महाधिवेशनले कस्तो नीति र नेतृत्व चयन गर्ला प्रतीक्षाको विषय बनेको छ। उता, अर्को दक्षिणी छिमेकी भारतमा पनि प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कङ्ग्रेस महाधिवेशनले लामो अन्तरालपछि गान्धी परिवार बाहिरबाट अध्यक्ष
विश्व खाद्य दिवसको सन्दर्भमा विश्व खाद्य कार्यक्रमले चेतावनीयुक्त सन्देशमा भनेको छ – विश्वमा भोक (अकाल) को मार झेलिरहेका मानिसको सङ्ख्या रेकर्ड स्तरमा पुग्ने जोखिम देखापरिरहेको छ। विश्वव्यापी रूपमा खाद्य सङ्कटका कारणले ठूलो सङ्ख्यामा मानिसका लागि खाद्य असुरक्षाको अवस्था खराबभन्दा अझ खराब हुँदै गइरहेको छ। यो वास्तविकतालाई मध्यनजर राखेर यो यूएन एजेन्सीले गएको १५ अक्टोबरका दिन अर्थात् विश्व खाद्य दिवस १६ अक्टोबरको ठीक एक दिनअघि
अब्राहम लिङ्कनले भनेका छन्, “निर्वाचन नागरिकको अधिकार हो र त्यो सही उम्मेदवार चुन्ने बुद्धिमत्तापूर्ण अधिकार हो। आफ्नै अधिकार भए पनि गलत उम्मेदवार चुन्नु पाप हो।” स्वार्थका भरमा कुनै व्यक्तिविशेषलाई मात्र देवत्वकरण गर्ने परिपाटी नभई जसले बोलेअनुसार काम गरेर देखाउने खुबी राख्छ, प्रामाणिक छ उसैलाई चुन्नुपर्छ भन्ने सङ्केत हो।
विश्वविद्यालय सञ्चालनको नेतृत्व चयन गर्ने सन्दर्भमा नेपालमा दुइटा विषय सधैँ चर्चामा रहन्छ र कहिलेकाहीँ विवादित पनि। पहिलो विश्वविद्यालयको कुलपति तथा सहकुलपतिको विषय र दोस्रो दलीय भागबण्डामा पदाधिकारी नियुक्ति प्रक्रिया। पछिल्लो तथ्याङ्कअनुसार मुलुकभर ११ वटा विश्वविद्यालय सञ्चालनमा छन्। तीमध्ये त्रिभुवन, नेपाल संस्कृत, काठमाडौँ, पोखरा, पूर्वाञ्चल, लुम्बिनी बौद्ध, कृषि तथा वन, सुदूरपश्चिम, मध्यपश्चिम तथा राजर्षिजनक विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था छ।
पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माणका लागि अध्ययन गर्न भारतीय सरकारी कम्पनी नेसनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी)ले सर्वेक्षण अनुमतिपत्र पाएको छ । लगानी बोर्डले बिहीबार सर्वेक्षण अनुमतिपत्र प्रदान गरेको हो । ७५० मेगावाट क्षमताको जलाशययुक्त सो आयोजना निर्माणका लागि लगानी बोर्डको ५२औँ बैठकले सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेसँगै बोर्डले आवश्यक प्रक्रिया पूरा गरी आयोजना अध्ययनको अनुमति दिएको हो । अनुमतिपत्रअनुसार एनएचपीसीले अबको तीन महिनाभित्र प्रारम्भिक प्रतिवेदन र त्यसको २१ महिनामा विस्तृत आयोजना प्रतिवेदन पेस गर्नु पर्नेछ ।
पूर्वका उद्योगीले बैङ्कको ब्याजदरले व्यवसाय गर्नै नसक्ने अवस्था आएकाले उचित पहल गर्न नेपाल उद्योग वाणिज्य महासङ्घसँग आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ ले बिहीबार विराटनगरमा आयोजना गरेको बैङ्क ब्याज वृद्धिसम्बन्धी अन्तक्र्रियामा सहभागी पूर्वका जिल्ला नगरका सङ्घ पदाधिकारीले महासङ्घको मौनताप्रति गुनासो व्यक्त गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचनमा बैतडीमा गठबन्धन दल, नेकपा (एमाले) र स्वतन्त्र उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर र एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने भए पनि गठबन्धनविरुद्ध बागी बनेका नेपाली कांग्रेसका नेता एवं पूर्वसहायकमन्त्री केशव चन्दसमेत चुनावी मैदानमा उत्रिएपछि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको हो। यद्यपि बागी उम्मेदवारी दिनुभएका चन्दलाई कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ।
यो वर्षको बर्खा सकिएसँगै ग्रामीण क्षेत्रमा सञ्चालनमा आएका कच्ची सडकमा दुर्घटनाको जोखिम बढेको छ। ग्रामीण सडकमा सञ्चालनमा रहेका यातायातका साधनले सामानसँगै क्षमताभन्दा बढी यात्रु बोक्नाले दुर्घटनाको जोखिम बढेको हो। सुनकोसी गाउँपालिका–७, मझुवा निवासी गणेश भण्डारीले बर्सातको मौसममा पानीले खोलेर अधिकांश ग्रामीण सडक बिग्रेकाले दुर्घटना जोखिम बढेको बताउनुभयो। तिनै बिग्रेका ग्रामीण सडकमा चल्ने यातायातका साधनले क्षमताभन्दा बढी मानिस बोक्दा दुर्घटना जोखिम झन् बढेको धारणा उहाँको छ।
अन्तर्राष्ट्रिय बालिका दिवसका सन्दर्भमा शिल्पी नाटकघरले छोरीको महत्व झल्काउन ‘सहअस्तित्व’ शीर्षकमा नाटक मञ्चन गरेको छ । सञ्चारिका समूहद्वारा विभिन्न साझेदार संस्थासँगको सहकार्यमा आयोजित कार्यक्रममा घिमिरे युवराजको लेखन तथा निर्देशन रहेको नाटक ‘सहअतिस्त्व’ मञ्चन गरिएको हो । नाटकले लिङ्ग पहिचान गरी छोरी भए गर्भपतन गर्नु अपराध हो भन्ने जनचेतनामूलक सन्देश दिएको छ । नाटकमा पात्रहरूले मन छुने अभिनयमार्फत छोराछोरीबीचको विभेद हटाएर समानताको वकालत गर्न अझै ढिला भए धेरै छोरीले जन्मनै नपाउने प्रस्ट पारेका थिए ।
रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘फूलबारी’ फागुन ५ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, प्रियङ्का कार्की, अरुणा कार्की, सृजना सुब्बा, शिल्पा मास्के, गौमाया गुरुङलगायतको अभिनय छ ।
तिहारमा ढाकाटोपी लगाउँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन रहेको छ । तिहार नजिकिएसँगै बजारमा ढाकाटोपी छ्यापछ्याप्ती देखिन्छन् । अहिले सहरबजार ढाकाटोपीले ढाकिएको छ ।