नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विपे्रषण भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो ।
सत्तारुढ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नुपर्ने बताउनुभएको छ।
पाल्पा रामपुर नगरपालिका–४ स्थित देवीस्थान लगाइएको सयपत्री फूल टिप्दै व्यवसायी दिलबहादुर थापा र सुकमाया थापा ।
सुख, शान्ति, समृद्धि र आपसी सदभावका साथ मनाइने तिहारको समयमा रातको ९ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ ।
सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ।
गृहमन्त्री बालकृष्ण खाणले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सफल बनाउनुको विकल्प नरहेको बताउनुभएको छ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेदले कसरी स्वस्थ राखिरहने भन्ने कला सिकाउने विज्ञान भएको जानकारी दिनुभयो ।
निर्वाचन आयोगले शुक्रबारसम्म ४८ वटा स्पष्टीकरण सोधेको छ। आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार ४८ वटा स्पष्टीकरण सोधेकोमा ३० वटाको मात्र जवाफ प्राप्त भएको हो।
तिहार नजिकिएसँगै हजारी, मखमली, गुरधौलीजस्ता फूलको मालाको माग बढेसँगै वजारमा फूलको माला भित्रिएको छ । तिहारलाई सप्तरंगी टीका र सयपत्री अनि मखमली फूलको माला लगाउने पर्वका रुपमा चिनिन्छ ।
बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनाका मृतकहरुको शुक्रबार सामुहिक अन्त्यष्टि गरिएको छ । मृतकका आफन्त तथा परिवारजनले हिन्दु संस्कारअनुसार सदरमुकाम चैनपुर नजिकै रहेको धौलाबगर आर्यघाटमा मृतक ८ जनाको सामुहिक रुपमा अन्त्यष्टी गरेका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर २२ गतेभित्र निर्वाचन परिणाम सार्वजनिक गरी मङ्सिर महिनाभित्र सरकार गठनको बाटो खोलिदिने बताउनु भएको छ ।
काठमाडौं, कात्तिक ४ गते। सामुदायिक विद्यालयमा डिजिटल शिक्षणका लागि काठमाडौं महानगरपालिका र डिजिटल एण्ड वियोण्ड प्रालिबीच सम्झौता भएको छ। महानगर प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा शुक्रबार राष्ट्रिय सभा गृहमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। वियोन्ड गुगलको नेपाल र दक्षिण एशियाली साझेदार संस्था हो।आउँदो दुई वर्षका लागि भएको सम्झौता बमोजिम वियोन्डले गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधा, सञ्चालन व्यवस्थापनका लागि तालिमलगायत सहयोग सेवा महानगरलाई निःशुल्क उपलब्ध गराउनेछ। यसअन्तर्गत सामुदायिक विद्यालयमा शिक्षण र सिकाइका लागि शिक्षकको डिजिटल क्षमता विकास गर्ने, विद्यार्थीलाई पढाउने, शिक्षण सिकाई व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनेलगायत काम हुनेछन्। सम्झौतापछि बोल्दै महानगरकी उपप्रमुख डंगोलले, डिजिटल प्रविधि प्रयोगको प्रत्यक्ष लाभ विद्यार्थीको शैक्षिक तथा मानसिक विकासमा हुनुपर्ने धारणा राख्नुभयो। “शिक्षकलाई प्रविधिको प्रयोग गर्न सक्ने बनाएर शिक्षण क्रियाकलापमा सिकाउने र सिक्नेको सम्बन्ध जोड्नुपर्छ। शिक्षकको क्षमता विकास गरिएन भने विद्यार्थीमा शिक्षकभन्दा आफूमा बुझ्न सक्ने क्षमता धेरै भएको महसुस हुनसक्छ। यसले सिकाई प्रणालीमा असर पुग्छ”, उहाँले भन्नुभयो, “बालबालिका चाहे संस्थागत विद्यालयमा पढुन् या सामुदायिक विद्यालयमा। डिजिटल प्रविधिमा समान पहुँच हुनुपर्छ। यसका लागि सम्झौता लाभदायक हुने मैले अपेक्षा गरेकी छु।”कोड क्लब गठन गरेर कक्षा दुईदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित उमेर समूहमा राखेर गुगल वर्कप्लेस फर एजुकेसनमार्फत् यस सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। यसमा हरेक विद्यालयमा वेभ साइट चलाउन र सामग्री व्यवस्थापन गर्न एक जना प्रतिनिधिलाई तालिम दिइनेछ। वियोन्डले सन् २०१३ मा गुगलबाट एजुकेटर समूहका रुपमा मान्यता पाएको हो।
गुल्मीमा लाखौं रुपियाँका झिनियाँ रोटी उत्पादन हुँदैआएको छ । यस जिल्लाको पुरानो व्यापारिक केन्द्रका रुपमा परिचित मुसिकोट नगरपालिकाको वामीटक्सारमा वार्षिक झण्डै ५० लाख रुपियाँ बराबरको झिनियाँ रोटी उत्पादन हुँदैआएको हो ।
निर्वाचन आयोगले सार्वजनिक बिदामा पनि स्थानीय तह निर्वाचनका उम्मेदवारले खर्च विवरण बुझाउन सक्ने व्यवस्था गरेको जनाएको छ । आयोगका समानुपाति निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण नबुझाउनेलाई सो अवधिमा बुझाउन सक्ने निर्णय आयोगले गरेको जानकारी दिनुभयो ।