• २० असोज २०८१, आइतबार

‘आयुर्वेदले स्वस्थ हुने कला सिकाउँछ’

blog

काठमाडौं, कात्तिक ४ गते । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेदले कसरी स्वस्थ राखिरहने भन्ने कला सिकाउने विज्ञान भएको जानकारी दिनुभयो ।

 धन्वन्तरि जयन्तीको अवसर पारेर आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. उपाध्यायले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, अझै पनि आयुर्वेद जडीबुटी मात्र हो भन्ने आम बुझाई रहेको छ । तर आयुर्वेद जडीबुटी मात्र नभएर कसरी स्वस्थ राखिरहने भन्ने कला सिकाउने विज्ञान हो ।”

आयुर्वेद विज्ञानका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको दिनका रुपमा प्रत्येक वर्ष कार्तिक त्रयोदशीका दिन यो धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाइने गरिन्छ । कोरोना भाइरसबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउनसमेत आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी प्रमाणित भएको उहाँले जीकिर गर्नुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको उपचारमा आयुर्वेद औषधिको प्रभावकारिताका विषयमा अनुसन्धानसमेत शुरु गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आयुर्वेदले व्यक्तिलाई निरोगी हुनका लागि अपनाउनपर्ने जीवनशैलीको वारेमा ज्ञान दिन्छ र रोग लाग्नैबाट बच्ने उपाय सिकाउने कला भएकाले यसलाई सबैले बुझ्नुपर्छ । कार्यक्रममा सहभागी विभागका चिकित्सकहरुले आयुर्वेद चिकित्सा नेपालको मौलिक चिकित्सा पद्धति भएको भन्दै यसलाई अवलम्बन गर्दै आफूलाई स्वस्थ राख्न सबैले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।