बेलायतकी प्रधानमन्त्री लिज ट्रसले बिहीबार पदबाट राजीनामा दिनुभएको छ । उहाँले नियुक्त हुनुभएको ४५ दिनमा नै बिहीबार सो पदबाट राजीनामा दिनुभएको हो । उहाँले पत्रकारहरूसँग कन्जरभेटिभ पार्टीले जुन म्यान्डेटका साथ आफूलाई निर्वाचित गरेको थियो सो पूरा गर्न नसक्ने अवस्था रहेको बताउनुभएको छ । उहाँले वर्तमान स्थिति हेर्दा आफूले जुन प्रतिबद्धता व्यक्त गरेको थिएँ सो पूरा गर्न नसकेको बताउनुभयो ।
नेपाली सेनाको शान्ति मिसनको टोली बोकेर बुधबार राति काठमाडौँबाट उडेको नेपाल वायुसेवा निगमको जहाज पश्चिम अफ्रिकी देश मालीमा ग्राउन्डेड भएको छ। कतारको दोहा हुँदै मालीका लागि उडेको निगमको न्यारोबडी एयरबस–३२० (नाइनएन–एकेडब्लु) जहाजको पाङ्ग्रा पन्चर भएपछि शुक्रबार नेपाल आइपुग्नुपर्ने जहाज उतै ग्राउन्डेड भएको हो। बिहीबार रातिसम्म पन्चर भएको टायरको अर्को व्यवस्था नभएपछि निगमले नेपालबाट दोहा हुँदै अर्को टायर पठाउने तयारी गरिरहेको छ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै बिहीबार विश्राम लिएको छ। २०८१ सालमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी कर्णालीले पाएको हो। दसौँ राष्ट्रिय खेलकुदको मिति २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म तोकिएको छ। पोखरा रङ्गशालामा भएको समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीलाई दसौँ राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गरेर नवौँ राष्ट्रिय खेलकुद समापन गर्नुभयो।
आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग र मेटाले कडा अनुगमन गरी कारबाही गर्ने जनाइएको छ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले बिहीबार दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै विश्राम लिएको छ । २०८१ सालमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी कर्णालीले पाएको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएकाले अवस्था बदल्न आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
थारु समुदायलाई मधेसी सूचीमा राखेको भन्दै थारु आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मधेसी आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा थारुलाई मधेसीमा सूचीकरण गरेको थारु आयोगको भनाइ छ ।
रुपन्देही व्यापार संघले राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र त्यसबाट व्यापार व्यवसायमा परेको असर एव् व्याजदरमा गरेको बृद्धिको विरोधमा ध्यानाकर्षणपत्र बुझाएको छ ।
दक्षिण एसियाली घरेलु श्रमिकले अर्थतन्त्रमा आफ्नो मेहनतले गरेको योगदानको कदर हुनुपर्ने बताउनुभएको छ । राज्यले घरेलु श्रमिकले जोगाएको परम्परागत सीप, कलाको पहिचान गर्नुपर्ने मागसहित प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।
नवौं राष्ट्रिय खेलकुदको समापन समारोह पोखरा रंगशालामा सुरु भएको छ।
नेकपा (मसाल) को एक समुहले विशेष महाधिवेसन आयोजना गरी नयाँ पार्टी मोटो मशाल (नेकपा मशाल) घोषणा गरेको छ । सो पार्टी औपचारिक रुपमा विभाजित भएको हो ।
नेकपा (एमाले) हुम्लाले आगामी मंसीर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै वडादेखि जिल्ला तहसम्म प्रचार प्रसार कमिटी तथा उपकमिटी गठन गरेको छ । सो पार्टीको पाँचौ बिस्तारित बैठकले विभिन्न कमिटी तथा उपकमिटी गठन गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना हुनुभएको छ ।