• ७ वैशाख २०८१, शुक्रबार

कर्णालीमा भेट्ने वाचा गर्दै नवौँ खेलकुदको मैजारो

blog

समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवालाई मायाको चिनो प्रदान गर्नुहुँदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज । तस्बिर : विकास द्वारे

प्रजित शाक्य
पोखरा, कात्तिक ३ गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले बिहीबार दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै विश्राम लिएको छ । २०८१ सालमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी कर्णालीले पाएको हो ।
दशौँ राष्ट्रिय खेलकुदको मिति २०८१ साल मड्सिर २ देखि ९ गतेसम्म तोकिएको छ । पोखरा रड्गशालमा बिहीबार भएको समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई दशौँ राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गरेर नवौँ राष्ट्रिय खेलकुद समापन भएको संकेत गर्नुभयो ।
प्रधानमन्त्री देउवाले पदक तालिकामा सबभन्दा अग्रस्थानमा रहने आर्मी टिमलाई रनिड ट्रफी पनि प्रदान गर्नुभयो । राष्ट्रिय खेलकुद प्रतियोगितामा यसपटक रनिङ ट्रफीको नयाँ सुरुवात भएको हो ।
सुन र चाँदीजडित रनिड शिल्ड तीन संस्करण लगातार जित्नेले पचाउनसक्ने प्रावधान राखिएको छ । यसपटक व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्नेलाई २५ हजार तथा सामूहिकतर्फका स्वर्ण पदकधारीलाई १५ हजार रुपियाँ पनि परस्कार दिइएको थियो ।
नेपाली सेना १७२ स्वर्ण, ११० रजत र ८९ कांस्यसहित कुल ३७१ पदकका साथ टिम च्याम्पियन बन्न सफल भयो । एपीएफ ६५ स्वर्ण, ७३ रजत र ८१ कांस्य गरी कुल २१९ पदक तथा नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६१ रजत र ७३ काश्यसहित १९५ सहित शीर्ष तीनमा अटाउन सफल भए । आयोजक गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ काश्यसहित कूल १२० पदक जित्यो ।
प्रधानमन्त्री देउवाले एकतावद्ध देश, खेलकुदको सन्देश भन्ने मूल नारासहित भएको नवौँ राष्ट्रिय खेलकुद सफल बनाउने सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले नवौँ राष्ट्रिय खेलकुदमा खेल्ने क्रममा निधन हुने पाराग्लाइडर निसिम थापा र उहाँको परिवारप्रति समवेदना व्यक्त गर्नुहुँदै आगामी दिनमा यसप्रकारको दुःखद घटना घट्न नदिन आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैलाई निर्देशन दिनुभयो ।
पाराग्लाइडिड खेलाडी निसिमको स्मरण गर्दै एक मिनेट मौन धारण पनि गरिएको थियो । गत आइतबार पोखरा सराडकोटको आकाशमा क्रस कन्ट्री पाराग्लाइडिड खेल्ने क्रममा २६ वर्षीय निसिमको दुर्घटनामा परी मृत्यु भएको हो । ४१ वर्ष लामो इतिहास बोकेको राष्ट्रिय खेलकुदको इतिहासमा खेलको समयमा खेलाडीको निधन भएको यो पहिलो पटक हो । 
यसैगरी, प्रधानमन्त्री देउवाले खेलकुदमा राष्ट्रिय प्रतियोगिता नियमित रुपमा आयोजना नहुँदा खेलाडी पलायन हुने डर हुन्छ पनि भन्नुभयो । त्यसैले उहाँले अब मुलुकमा स्थायित्व कायम भएसँगै खेलकुद क्षेत्रलाई पनि व्यवस्थित तरिकाले अघि बढाउन सरकार कटिवद्ध रहेको जानकारी गराउनुभयो ।
उहाँले थप्नुभयो– खेलाडीहरुको बिमा, मासिक वृत्ति, औषेधोपचार सुविधाका साथै खेलाडीहरुलाई सम्भवन भएसम्म आर्थिक एवम् गैरआर्थिक सुविधा र प्रोत्साहनको वातावरण तयार गर्न सरकार प्रयत्नशील छ ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौँ राष्ट्रिय खेलकुदबाट प्राप्त जित र अनुभवलाई खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रयोग गरेर नेपालको प्रतिष्ठा कायम राख्ने अपेक्षा गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको २० वर्षीय गुरुयोजना निर्माण तथा खेल विश्वविद्यालयको स्थापनामा महत्वपूर्ण कार्य भएको जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कोभिड र अन्य कारणले ढिलो सुरु भएपनि राष्ट्रिय खेलकुदले नेपाली खेलकुद क्षेत्रलाई नै एकताको सूत्रमा बाँध्ने गरेको भनाई राख्नुभयो । यसैगरी, राखेपका उपाध्यक्ष शिव कोइरालाले गण्डकी प्रदेश भौतिक संरचनाको हिसाबले देशकै केन्द्र हो भनेर नवौँ राष्ट्रिय खेलकुदले प्रमाणित गरेको भनाई राख्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टड्कलाल घिसिडले सदस्यसचिवको जिम्मेवारी लिएको ११ महिना भए्पनि कार्य अवधिको कोणबाट सात महिनामा राष्ट्रिय खेलकुदको नवौं संस्करण आयोजनाको अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो ।
यसपलिको संस्करणमा आयोजक गण्डकी प्रदेशले प्रशंसा कम र बढी आलोचनाको सामना गर्यो । राष्ट्रिय खेलकुदजस्तो ठूलो  प्रतियोगिता आयोजना हलुको रुपमा लिएको आरोप गण्डकी प्रदेशलाई लाग्यो ।
त्यसैले पनि तुलनात्मकरुपमा गण्डकीभन्दा कम विकसित कर्णाली प्रदेशसमक्ष दशौँ संस्करण सफल बनाउने ठूलो चुनौती छ । उद्घाटन समारोहमा नै धेरै आलोचना भएपछि नवौँ राष्ट्रिय खेलकुदको बोहनी नराम्रो भएको थियो । त्यसको भरपाई गर्दै गण्डकी प्रदेशले मनमोहक समापन समारोह गर्ने प्रयास गर्यो ।
पुरुष फुटबलको फाइनल सकिएपछि सुरु भएको समापन समारोहमा गण्डकी प्रदेशको लोक संस्कृति झल्काउने गण्डकीको लोकृतत्य कौरा नाच र अन्य झाँकी प्रस्तुत गरिएको थियो ।
यसबाहेक दशौँ राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेशको संस्कृतिसँग आत्मसात गराउने प्रस्तुति पनि समापन समारोहमा थियो । यसबाहेक सहभागी सबै टिमका खेलाडीहरुको मार्चस्पास्टका साथै ब्यान्डहरुको प्रस्तुति पनि थिए । यसबाहेक गण्डकी प्रदेशको प्रस्तुत गरिएको थियो ।
मिलान नेवार, आनन्द कार्की र प्रकास सपुतको सांगितिक प्रस्तुति तथा दोहरी गीत तथा नृत्यले वातावरण केही उल्लासमय बनाएको थियो । समापनको खुशी मनाउन आतिशवाजी पनि गरियो । अन्त्यमा ओलम्पिक ज्योति निभाइयो र विधिवत् रुपमा नवौँ राष्ट्रिय खेलकुदको समापन भयो ।
नवौँ संस्करणमा ३६ खेलको ३९६ इभेन्ट्स सम्पन्न भए । यसमध्ये नेपाल पुलिस क्रिकेट र सुटिड खेल काठमाडौँमा भएका थिए । कूल छ हजार १२७ जना खेलाडीको सहभागिता रहयो ।
जसमध्ये तीन हजार ४१४ पुरुष र दुई हजार ७१३ महिला खेलाडी रहेका छन् । निर्णायकहरु एक हजार ६४७, प्रशिक्षक ७०१ र ५११ व्यवस्थापक पनि पोखरा पुगे ।
व्यक्तिगत प्रदर्शनमा नजर राख्ने हो भने आर्मीकी पौडकी डुवाना लामाले सर्वाधिक नौ स्वर्ण र एक रजत पदक जित्नुभयो । पौडीकै नासिर हुसेनले सात स्वर्ण, दुई रजत र एका काश्य पदक प्राप्त गरेर नायकको रुपमा उभ्याउनुभयो । राजु राईले पनि एक्लैले सात स्वर्ण पदक हासिल गरेर आफूलाई नेपालमा नम्बर एक जिम्न्यास्ट सावित गर्नुभयो । 
पौडकीकी एस्ली सापकोटा डंगोलले छ स्वर्ण, दुई रजत तथा गौरिका सिंहले पाच स्वर्ण र एक रजत तथा जयरानी थारुले पाँच स्वर्ण पदक जितेर नवौँ राष्ट्रिय खेलकुदमा आफ्नो नाम चम्काउनुभयो ।