स्थानीय प्रशासनले बैतडीका १२९ मतदान स्थलमध्ये सुरक्षाका दृष्टिकोणले ३१ मतदान स्थल अति संवेदनशील र ३४ मतदान स्थल संवेदनशील गरेर ६५ मतदान स्थल संवेदनशीलको सूचीमा राखेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको मङ्सिर ४ गते हुने निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र कम संवेदनशील गरेर तीन भागमा वर्गीकरण गरिएको छ ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि तीन जना पूर्वमन्त्री बीच प्रतिस्पर्धा हुने देखिएको छ। सो क्षेत्रमा पूर्वकानुनमन्त्री वृजेशकुमार गुप्ता, पूर्वकृषि तथा सहकारीमन्त्री अकवाल अहमद शाह र पूर्वसिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका उम्मेदवारले समाजिक सञ्जाललाई चुनावी प्रचारप्रसारको मुख्य साधनका रूपमा प्रयोग गर्न थालेका छन्। प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारले आफ्ना एजेन्डा तथा विगतमा गरेका काम र दैनिक कार्यक्रमको प्रचार सामाजिक सञ्जाल फेसबुकबाट गर्न थालेका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले अधुरा काम पूरा गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । मुख्यमन्त्री शाहीले कार्यकर्तासँग बुधबार हुम्लामा भएको भेटघाटमा मुख्यमन्त्री भएपछि धेरै काम गर्न नपाएको र ती काम पूरा गर्न प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको बताउनुभयो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १४ वडा मिलेर बनेको प्रदेश सभा २ (क) बढी महत्वका साथ हेरिएको छ । २०४९ सालमा वीरेन्द्रनगर नगरपालिका प्रमुखमा प्रतिस्पर्धा गर्नुभएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता यामलाल कँडेल र नेपाली कांग्रेसका कालीप्रसाद शाक्य तीन दशकपछि पुनः चुनावी मैदानमा प्रतिस्पर्धी बन्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला क्षेत्र नम्बर ४ को निर्वाचनलाई सबैले चासोसाथ हेरेका छन् । डडेल्धुरापछि चासो दिइएको यो निर्वाचन क्षेत्रमा पूर्वमन्त्रीद्वय र वीरबहादुर बलायर प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा हुनुहुन्छ । दुवै जना आ–आफ्ना पार्टीका सुदूरपश्चिम प्रदेशको नेतृत्वकर्ता रहेका कारण यो निर्वाचन क्षेत्रलाई चासोका रूपमा हेरिएको छ ।
दोलखा जिल्ला अदालतले फरक क्षमता भएका व्यक्तिका लागि अदालत परिसरमा ‘ह्विलचेयर’ मार्ग निर्माण गरेको छ। भीमेश्वर नगरपालिकाबाट प्राप्त सहयोगबाट रङरोगन र शौचालय निर्माण गरिएको जनाइएको छ। सूचना र प्रविधिमा सेवाग्राहीको पहुँच स्थापित गर्न अदालत परिसरमा ‘फ्री वाइफाई’को व्यवस्था गरिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहजीकरण गर्न सबै स्थानीय तहलाई बुधबार परिपत्र गरेको छ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मिति नजिकिएसँगै घरदैलो अभियानमा उम्मेदवार व्यस्त बन्दै गएका छन्। प्रतिनिधि सभामा दुई र प्रदेश सभामा चार निर्वाचन क्षेत्र रहेको सिन्धुलीको निर्वाचन क्षेत्र १ मा तीन स्वतन्त्रसहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। यस्तै निर्वाचन क्षेत्र २ मा एक स्वतन्त्रसहित नौ उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचन क्षेत्र १ (क)मा पाँच जना, (ख)मा छ जना, निर्वाचन क्षेत्र २ (क)मा पाँच जना र (ख)मा छ जना चुनावी प्रतिस्पर्धामा छन्। जिल्लाका सबै निर्वाचन क्षेत्रमा मुख्य रूपमा सत्तारूढ गठबन्धन र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच नै चुनावी प्रतिस्पर्धा हुने देखिन्छ।
राष्ट्रिय परिचयपत्र बनाउन राति २/३ बजेदेखि नै जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वार (गेट) अगाडि लाम लाग्नुपर्ने बाध्यता छ। प्रत्येक दिन करिब डेढ सय परिचयपत्र मात्र वितरण हुने गरेको छ। बिहानैदेखि जिल्ला प्रशासन कार्यालयको गेटअगाडि लाइनमा बस्नुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन्। रातिको २ बजेदेखि नै आफूहरू राष्ट्रिय परिचयपत्र बनाउन लाइनमा बसेको बारागढी गाउँपालिका–६, गड्हल टोलका उमेशचन्द्र हजरा दुषादले बताउनुभयो।
नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिक रूपमा चिनी भित्रिने गरेको गुनासो बढेका बेला सशस्त्र प्रहरीले बुधबार रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिका क्षेत्रबाट ९० लाख रुपियाँको अवैध चिनी बरामद गरेको हो ।
गत वर्षको कात्तिक ३ गते आएको बाढीले भत्काएको झापाको दमक–१०, सेतुवारीसँग मोरङको उर्लाबारी–९, थक्लुङ चोक जोड्ने सडक एक वर्षपछि मर्मत भई सञ्चालन भएको छ। २०७८ को कात्तिक ३ गते बेमौसमी वर्षापछि मावा खोलामा आएको बाढीले भत्काएको सडक एक वर्षपछि पुनः सञ्चालन भएको हो।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा वस्तु तथा सेवाको निर्यात २० प्रतिशत पु¥याउने गरी नेपाल व्यापार एकीकृत रणनीतिको मस्यौदा २०२२ तयार गरिएको छ । सरोकारवालासँग छलफल तथा सुझावका लागि सार्वजनिक गरिएको मस्यौदामा रणनीति कार्यान्वयनमार्फत हालको ६.६१ प्रतिशतको अनुपातलाई २० प्रतिशत पु-याउने लक्ष्य राखिएको हो ।
मानव जीवनको आधारभूत आवश्यकता भनेको जलको सहज तथा नियमित आपूर्ति हो । खाद्यान्न उत्पादनको हेतु भूमि सिँचनका लागि जल उपलब्ध हुनेलगायत जल यातायातको सहजताजस्ता विविध कारणले नदी किनारामा मानव सभ्यताको प्रारम्भ भएको पाइन्छ । नदी सभ्यताको इतिहास पाँच हजार वर्ष पुरानो मानिन्छ । यसै कारणले ठूला ठूला सहर नदी किनारमा बसेको पाइन्छ । काठमाडौँ उपत्यका पनि बागमती नदी सभ्यताकै देन हो । यस अर्थमा बाग