रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गर्नुभएका उहाँ खेतभरि झुलेका धानबालीमा यस पटक कीराको समस्याले चिन्तित हुनुुहुन्छ ।
लोकतन्त्रमा राजनीतिक दल व्यवस्थित हुनुपर्छ। राज्यसत्ता सञ्चालन÷शासन सञ्चालनको जिम्मेवारी निर्वाचनमार्पmत राजनीतिक दलले नै गर्ने हुँदा राजनीतिक दलहरू विधि, प्रक्रिया र विचारधारात्मक रूपमा समृद्ध हुनु जरुरी छ तर नेपालमा अहिले पनि राजनीतिक दलहरूको ध्यान यतातिर जान सकेको छैन। हामीले दिनमा दस पटक गाली गर्ने मुलुक अमेरिकामा मूल रूपमा दुईवटा राजनीतिक दल छन। हरेक पाँच वर्षमा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार दर्ता गर्नुअघि झन्डै एक डेढ वर्ष उसले पार्टी
प्रजातन्त्र पुनस्र्थापनापछि होस् या लोकतन्त्रपछि नेपालको राज्यसत्ताको सही तरिकाले प्रयोग हुन सकेको छैन। अपरिपक्व र गैरजिम्मेवारपन देखिएको छ। राणाशासनको पतनदेखि पछिल्लो गणतन्त्र घोषणासम्म जनता प्रत्यक्ष आन्दोलनमा लागिरहे तर प्रजातन्त्र पुनस्र्थापना, गणतन्त्रको घोषणा र यताको पन्ध्र वर्षसम्म देशमा खासै केही भएन। जनताको शास
रुस र युक्रेनबीचको युद्ध लम्बिँदै जाँदा त्यसको प्रभाव विश्वव्यापी रूपमा परेको छ। युद्ध लम्बिनु राम्रो होइन तर युद्ध रोकिने सङ्केत देखिएन । युक्रेनले रुस र क्रिमिया जोड्ने पुल ध्वस्त पारिदिएपछि रुसले थप प्रतिशोधपूर्ण कारबाही गर्दा युक्रेनमा थप मानवीय र भौतिक क्षति भएको छ। अन्तर्राष्ट्रिय दबाब र आग्रहलाई बेवास्ता गर्दै रुसले युक्रेनको १५ प्रतिशत भू–भाग आफूमा विलय गराएको छ। युद्धका क्रममा रुसले कब्जा गरेका युक्रेनका चार प्रान्त लुहान्स्क, डोनेट्स्क, जापोरिजा र खेअर्सनमा कथित जनमत सङ्ग्रह गराई रुसले एकलौटी रूपमा ती प्रान्तलाई आफूमा विलय गराएको हो। विलय गराएका यी चार प्रान्तको क्षेत्रफल हङ्गेरी जत्रो छ। यो दोस्रो विश्वयुद्धपछिको ठूलो विलय हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चार प्रान्तका जनताको अभिमत र चाहनाअनुसार नै रुसमा गाभिएको दाबी गर्नुभएको छ।
सर्जक सिर्जनाको प्रतिलिपि अधिकारको बहस नेपालमा ताजा तर अपर्याप्त छ। सङ्गीत रोयल्टी भनेको स्रष्टाहरूको कानुनप्रदत्त अधिकार हो। देशको सांस्कृतिक उत्थानको अहम् आधार र सङ्गीत उद्योगको मेरुदण्ड पनि हो। प्रतिलिपि अधिकारसम्बन्धी रचनाको सार्वजनिक रूपमा प्रयोग गरेबापत रोयल्टी सङ्कलन संस्थामार्फत प्रतिलिपि अधिकार धनीले प्राप्त गर्ने रचनाको मूल्य वा समन्यायिक लाभ नै रोयल्टी हो। अन्तर्राष्ट्रिय रूपमा हेर्दा हरेक स्रष्टाको आत्मसम्मान र भविष्यको सुरक्षा तथा सभ्य समाज र कानुनी राज्यको सूचक प्रमाणको रूपमा रोयल्टीलाई स्वीकारेको देखिन्छ।
चारैतिर शरद ऋतुको उल्लासमय वातावरण । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलहीझैँ सिँगारिदिएको छ । प्रकृतिसँग रम्दै मनाइने तिहारको मौलिकता भने हराउँदै गएकोमा चिन्ता व्यक्त गरिएको छ । अहिलेको युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएको संस्कृतिविद्को भनाइ छ ।
डडेल्धुरामा जन्मिनुभएकी १३ वर्षीया सानिया भट्टराईलाई सानैबाट नृत्यमा रुचि थियो । उहाँ अहिले कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको नेपालको रियालिटी सो ‘सुपर डान्सर नेपाल’को ‘टप सिक्स’मा पर्न सफल हुनुभएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को नियमित संस्करण बजारमा आएको छ । डा. कोइरालाले आफ्नो पुस्तक ‘हृदय’ले नेपालको स्वास्थ्य क्षेत्रका समस्या उजागर गरेको बताउनुभयो । स्वास्थ्य क्षेत्रका समस्या र समाधानका विषय मात्र होइन, आफूले देखेभोगेका विषयलाई पनि पुस्तकमा समेटेको उहाँले बताउनुभयो ।
पाक्नै लागेको धान बाढीले बगाएपछि सल्यानका किसानहरू हिजोआज बालुवामा धान खोज्न व्यस्त छन् । एक साता परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले अन्नबालीमा नोक्सानी पुर्याएको छ ।
प्राङ्गारिक कृषि अभियन्ताले खाद्य प्रणालीको पुनर्जीवनका लागि जैविक कृषिमा जोड दिनुपर्ने बताउनुभएको छ । ४२औँ विश्व खाद्य दिवसका अवसरमा खाद्यका लागि कृषि अभियान, राष्ट्रिय कृषक समूह, अनाजलगायतका विभिन्न सङ्घसंस्थाले संयुक्त रूपमा बुधबार आयोजना गरेको ‘जैविक खेती : खाद्य प्रणालीको पुनर्जीवन’ विषक अन्तक्र्रियामा उहाँहरूले यस्तो बताउनुभएको हो । विषादी कृषि प्रणालीले जनस्वास्थ्यका साथै माटो, पानीलगायत पर्यावरणमा प्रतिकूल असर पारेको र उत्पादन पनि बढाउन नसकेको उहाँहरूले बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्सिर ४ गतेको निर्वाचन परिवर्तनका विरोधी र परिवर्तनका पक्षधरबीचको लडाइँ भएको बताउनुभएको छ । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र संविधानको रक्षा गर्ने शक्ति र परिवर्तन उल्टाउन खोज्ने शक्तिबीचको लडाइँ आगामी निर्वाचन भएको उहाँको भनाइ छ ।
अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको टोलीले नेपालको हवाई सुरक्षा अवस्थाबारे बिहीबार (आज)देखि अध्ययन थाल्दै छ । सो टोलीले आइकाओले हेर्ने गरेका आठवटा क्षेत्रमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन गर्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दिनुभयो ।
भाइटीकामा प्रयोग हुने फूल टिप्न र माला बनाउन पाल्पाका फूलखेती गर्ने किसानलाई यतिबेला भ्याइनभ्याइ छ । तिहार नजिकिएसँगै मखमली, सयपत्री, गुर्धौली (गुर्दाैली, गोदावरी) जस्ता फूल टिप्न र माला बनाउन पाल्पाका किसान व्यस्त बनेका हुन् । तीन महिनाअघि पाल्पाका किसानले लगाएको फूल ढकमक्क फुलेको छ । त्यसैले किसान माला बनाउन र प्याकेजिङ गर्न व्यस्त छन् । तिहार नजिकिएपछि भाइटीकाका लागि आवश्यक पर्ने फूलका माला बनाउन आफू व्यस्त बनेको तानसेन–१०, तेल्घाका किसान विष्णुमाया खत्रीले बताउनुभयो । दस रोपनीमा लगाएको मखमलीका फूल टिप्न र माला बनाउन यतिबेला आफू व्यस्त रहेको खत्रीले बताउनुभयो ।
यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) जाँच गर्न दुई सय थान लाइसेन्सको विवरण पढ्ने मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ। मेसिनले लाइसेन्समा भएको चिप्समा रहेको विवरण देखाउने भएकाले जाँचमा सहज हुने विभागले जनाएको छ।
आदिवासी जनजाति आयोगले एक व्यक्तिलाई पटक–पटक आरक्षण सुविधा दिन नहुने जनाएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो सुझाव दिनुभएको हो।