निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष रिजाल निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको हो ।
निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले लोकतन्त्रमा सञ्चारकर्मी एवम् सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।
नेपाली मौलिक बाजाहरुको संरक्षण गर्न नसक्दा व्यवसाय नै सङ्कटमा परेको व्यवसायीहरुले गुनासो गरेका छन्
सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका सेवा केन्द्र प्रमुखमाथि बुधबार बिहान लुटेरा समूहले गोली प्रहार गरेको छ । सेवा केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा र दाहिने तिघ्रामा तीन राउण्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिलाई सही ढंगले अघि बढाउन र नेपालजस्तो सानो देशलाई स्वतन्त्र, स्वाधिन र सार्वभौम राख्न नेपालका राजनीतिक दलहरुले साझा एजेण्डा बनाएर जानु पर्ने बताउनुभएको छ ।
सशस्त्र प्रहरीले मधेश प्रदेशका सीमा नाकाबाट ठूलाे परिमाणमा पटाका बरामद गरेको छ । सशस्त्रको बर्दिबासस्थित छिन्नमस्ता बाहिनी मुख्यालयले मङ्गलबार (कात्तिक १ गते) गतेसम्म सबै सीमा नाकाबाट १९ लाख ७० हजार मूल्य रूपियाँ बराबरका पटाका नियन्त्रणमा लिएको जनाएको छ ।
दार्चुला, कात्तिक २ गते । दार्चुलामा कात्तिकको सुरुमै दोस्रो पटक हिमपात भएको छ। अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकामा मंगलबार र बुधबार हिमपात भएको छ। गत साता व्यास र अपिहिमालमा पहिलो पटक हिमपात भएको थियो।मंगलबार मौसममा आएको बदलीका कारण हिमपात, असिना र वर्षा भएको स्थानीय पार्वती रोकायले जानकारी दिनुभयो। मौसम बदली भएपछि अपिहिमाल गाउँपालिका वडा नम्बर १, २ र ६ को उच्च भेगहरूमा हिमपात भएको उहाँले बताउनुभयो। गाउँपालिकाको घुसा, क्षेत्री, सिति र खात्ती लगायतका स्थानको माथिल्लो भेगमा हिमपात भएको स्थानीयले बताएका छन्। व्यास गाउँपालिकाको छाङरु र तिङ्करमा पनि हिमपात भएको छ। व्यासको वडा नम्बर १ मा पर्ने छाङरु र तिङ्करमा हिमपात भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुका गुल्मपति ईस्वर भट्टले जानकारी दिनुभयो।हिमपात भएपछि सदरमुकाम खलङ्गासहित जिल्लाभरी चिसो बढेको छ। यो वर्ष कात्तिकको सुरुमै दोस्रो पटक हिमपात भएपछि चिसो ह्वात्तै बढेको व्यास गाउँपालिका-१ का स्थानीय योगेश बोहराले बताउनुभयो। चिसो बढेसँगै व्यासवासी बेँसी झर्ने तयारी गर्न थालेका छन्। मौसममा सुधार भए मङ्सिर पहिलो साता तथा चिसो बढ्दै गएमा कात्तिकको अन्तिमसम्ममा व्यासको वडा नम्बर १ का सबै स्थानीय सदरमुकाम खलङ्गा बसाइसराई अर्थात् कुञ्चा सर्ने तयारीमा रहेको उहाँले बताउनुभयो। छाङरु र तिङ्करका स्थानीय गर्मीको समयमा छ महिना मात्रै गाउँमा बस्ने गरेका छन्। बाँकी छ महिना हिमपातको समयमा लालाबाला र बस्तुभाउसहित बेँसी झर्ने गरेका छन्। अधिकांश व्यासवासीको दार्चुला सदरमुकाम खलङ्गा र छाङरु, तिङ्करमा दोहोरो बसोबास रहेको छ।
अरिङ्गालले चिलेर तनहुँमा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । व्यास नगरपालिका –११ रानीगाउँ निवासी ६७ वर्षिय गङ्गाप्रसाद सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी वरिष्ठ नायव निरीक्षक भेषराज रेग्मीले जानकारी दिनुभयो ।
भारतीय कांग्रेस पार्टीमा माल्लिकार्जुन खड्गे अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले सातहजार ८९७ भोट प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँ दक्षिण भारतको एक दलित परिवारमा जन्मनुभएका अनुभवी राजनीतिज्ञको रुपमा परिचित हुनुहुन्छ ।
तस्बिर : केशब गुरुङ काठमाडौं, कात्तिक २ गते। बुधबार र बिहीबार देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत बुधबार र बिहीबार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजारभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ।छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि प्रत्येक वर्ष दुई पटक खुवाउँदै आएको छ। सोही समयमा छ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा वितरण गर्ने गरेको छ।सरकारले आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेको छ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्टिय खेलकुद प्रतियोगिताको सफल आयोजना आफैँमा एउटा ठूलो उपलब्धी भएको बताउनुभएको छ ।
आयोगले नगरपालिकाले तय गरेको विशेष अधिवेशन हाललाई स्थगित गरी निर्वाचन आचारसंहिता विपरीत हाल किन अधिवेशन गर्नुपरेको हो भनी दुई दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
नेपाल आर्मीका खेलाडीले जुडोमा चार स्वर्णपदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत मङ्गलबार सकिएको सात इभेन्टमध्ये आर्मीका चार खेलाडीले स्वर्ण पदक जितेका छन् । आर्मीले थप तीन रजत र तीन काश्य पदक पनि हात पारे ।
दैलेखमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–४ चिसापानीकी १३ वर्षीया दीपिका परियार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दैलेखले जानकारी दिएको छ ।