स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मङ्गलबार टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल भर्ना हुनुभएको छ ।
सन्तोषी श्रेष्ठ अहिलेको समयमा नेपालकी सबभन्दा चर्चित धाविका हुनुहुन्छ । सन् २०१९ मा काठमाडौंमा भएको १३ औँ सागमा दस हजार मिटर महिला दौड फोटो फिनिसमा नेपाललाई स्वर्ण दिलाएपछि सन्तोषीको चर्चा चुलिएको थियाे । जुन उपलब्धिले उहाँलाई दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाउने एक मात्र महिला धाविका बनाएको थियाे । सो प्रतियोगितापछि उहाँ विरलै दोस्रो हुनुभएको छ ।
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ बुधबारसम्म एक करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।
रुपन्देही–२ सत्ता गठनबन्धनका साझा उम्मेदवार राजु गुरुङको रिटमा आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सर्वोच्चका न्यायाधीशद्वाय कुमार रेग्मी र सुष्मालता माथेमाको संयुक्त इजलासमा साझा उम्मेदवार गुरुङको रिटमा सुनुवाइ हुन लागेको हो ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ ।
तिहार र छठ पर्व नजिकिएसँगै मधेश प्रदेशका विभिन्न जिल्लामा पटाका आतङ्क सुरु भएको छ । मुख्यतः दशैं सकिएलगत्तै मधेश प्रदेशका सबै जिल्लामा पटाका आतङ्कको समस्या सुरु भएको हो । यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र खोजी कार्य तीव्र पारेपछि भारी मात्रामा पटाका बरामद भएको जनाएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
पोखरामा जारी पुरुष बास्केटबल अन्तर्गत फाइभ अन फाइभतर्फ भएको पहिलो खेलमा विभागिय टोली एपीएफ फाइनलमा प्रवेश गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई तेस्रो पटक अदालत पेश गरिएको छ । सन्दीपलाई बुधबार बिहान ९:४० बजे प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो ।
सत्तारूढ गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका धेरैले अझै उम्मेदवारी फिर्ता लिएका छैनन् । गठबन्धनविरुद्ध उम्मेदवारी दिएकालाई सम्बन्धित दलले उम्मेदवारी फिर्ता लिन पटक–पटक आग्रह गरिसकेका छन् । सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले बागी उम्मेदवारी फिर्ता लिन पटक–पटक आग्रह गरिसकेका छन् । सत्तारूढ गठबन्धनका दलले विज्ञप्ति जारी गरी आधिकारिक उम्मेदवारलाई समर्थन गरे कारबाही नहुने भन्दै फकाउँदै पनि आएका छन् ।
सुदूरपश्चिम सरकारले नागरिकका गुनासा सुन्न टेलिफोनको प्रयोग गर्दै आएकामा अबदेखि सामाजिक सञ्जाल, इमेल, एसएमएसमार्फत पनि आफ्ना गुनासा टिपाउन सक्ने भएका छन् । सुदूरपश्चिम सरकारले नागरिकका गुनासा सुन्न ‘हेलो सीएम’ सञ्चालनमा ल्याएको थियो । नागरिकले आफ्नो गुनासा टिपाउन अब चिठीपत्र, एसएमएस, अनलाइन वेबसाइड, फेसबुक, ट्विटरमार्फत समेत सक्नेछन् ।
अन्तर्राष्ट्रिय सीमा नाका झुलाघाटमा पहिलो पटक इन्टरनेटको पहुँच पुगेको छ । भारतसँग सीमा जोडिएको झुलाघाटमा इन्टरनेटको पहुँच पुगेपछि झुलाघाट भन्सार कार्यालय, प्रहरी चौकी, सशस्त्र प्रहरी बल नेपाल, झुलाघाट स्वास्थ्य चौकी र स्थानीय व्यापारीलाई सहज भएको छ ।
बाढीपहिरोका कारण अवरुद्ध भएका ग्रामीण सडक सुचारु गर्न स्थानीय गाउँपालिका लागि परेका छन् । पालिकादेखि गाउँ गाउँबस्तीमा सम्म सञ्चालनमा आएका ग्रामिण सडक असोज १९ देखि २६ गतेसम्म आएको अविरल वर्षाले अवरुद्ध हुँदै आएका थिए ।