• १९ असोज २०८१, शनिबार

नेपाल कतारसँग फराकिलो अन्तरले पराजित

blog

काठमाडौँ, असोज १९ गते । घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी च्यालेन्जको सेमिफाइनलमा कतारसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपालको पुरुष टोली कतारसँग ३३–० को स्कोरमा पराजित भयो । 

यसअघि नेपाल समूह चरणका तीन वटै खेलमा पराजित भएको थियो । शनिबार नै भएको अन्य खेलमा पाकिस्तानले अफगानिस्तानलाई २६–१० को स्कोरमा हरायो । फिलिपिन्सले बहराइनलाई १९–१४ ले पन्छायो । 

यसैगरी महिलातर्फ नेपाल श्रीलङ्कासँग १७–१५ को स्कोरमा पराजित भयो । शनिबार नै भएको अर्को खेलमापाकिस्तानले अफगानिस्तानलाई २६–१०, फिलिपिन्सले  बहराइनलाई १९–१४, उज्वेकिस्थानले काजकिस्थानलाई १०–५, भारतले श्रीलङ्कालाई २२–०, जोर्डनले चाइनिज ताईपेईलाई २७–७ र इन्डोनेसियाले फिलिपिन्सलाई २४–१० को स्कोरले पराजित गरेको छ ।