ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन हुने भएको छ । ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सो जानकारी दिनुभएको हो ।
हिमालपारीको जिल्ला मुस्ताङमा आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा अनुभवी नेतृत्वविरुद्ध युवा उम्मेदवार प्रतिस्पर्धामा उत्रनुभएको छ । नेपाली कांग्रेसका ४० वर्ष मुनिका युवा उम्मेदवार नेकपा (एमाले) बाट ५० वर्ष माथिका अनुभवी र पाका राजनीतिकर्मी चुनावी मैदानमा होमिनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तान र संयुक्त अरब इमिरेट्सका राजदूतले शिष्टाचार बिदाई भेट गर्नुभएको छ ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रतियोगिताको अन्तिम स्पर्धा पुरुष फुटबल खेल अहिले पोखरा रंगशालामा जारी छ । फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरकेको छ ।
बझाङमा सोमबार भएको जिप दुर्घटनाबाट दुई गाउँका ८ जनाको मृत्यु हुँदा मष्टा गाउँपालिका शोकमा डुबेको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार पोखरा आइपुग्नुभएको छ । पोखरा रङ्गशालामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उहाँ पोखरा आउनुभएको हो ।
काठमाडौं, कात्तिक ३ गते । फिल्म ‘नाई नभन्नु ल ६’को छायाङ्कन सुरु भएको छ । छायाङ्कनको पहिलो दिन आशिर्वाद क्षेत्री, अथर्व लुइँटेल र एभलिना खड्काको दृश्य खिचिएको हो ।सञ्चिता लुइँटेल र निखिल उप्रेतीका छोरा अथर्व यो डेव्यु फिल्म हो । फिल्ममा आँचल शर्माको प्रमुख भूमिका छ । विकास आचार्यको निर्देशनमा निमार्ण हुने फिल्म पुरुषोत्तम प्रधानले छायाङ्कन गर्नु हुनेछ । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपानेले फिल्म निर्माण गर्ने भएको छ ।
वातावरण विभागले शुक्रबारदेखि प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात बिक्री वितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ।
महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले चिकित्सकको सुपरीवेक्षणमा उच्च रक्तचापको जाँच निदान र उपचार गर्न सक्ने अध्ययनले देखाएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका – १२ निवासी व्यावसायिक किसान विष्णु भट्ट नवलपुर क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । ‘भोट होइन, बोट रोपौं’ भन्ने अभियान चलाएर निर्वाचनमा मतदान नगरेका कृषक भट्ट नेताहरुलाई चुनौती दिँदै स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिनुभएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डीमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले दोहोरो स्वर्ण जितेको छ । पोखरामा बिहीबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ आर्मीले लुम्बिनी प्रदेशलाई ४१–२० र महिलातर्फ विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३०–२३ अंकले हराउँदै दोहोरो स्वर्ण चुमेको हो ।
कोहलपुर नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा अनधिकृतरुपमा राखिएका होर्डिङ बोर्ड र ब्यानरलगायतका प्रचार सामग्री हटाउने अभियानलाई तीव्र पारेको छ ।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको स्वर्ण एपीएफ क्लबले जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार भएको फाइनलमा त्रिभुवन आर्मीलाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण जितेको हो ।
निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिनिधिसभा सदस्य रौतहट क्षेत्र नं. १ का उम्मेदवार नेपाललाई ‘फ्रि भिसा र फ्रि टिकट’को आश्वासन दिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडीमा पदक विजेताद्वय एस्ली सापकोटा डङ्गोल र आशिष सापकोटा डंगोललाई बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयमा सम्मान गरिएको छ ।