काठमाडौँ, कात्तिक ४ गते ।
सुख, शान्ति, समृद्धि र आपसी सदभावका साथ मनाइने तिहारको
समयमा रातको ९ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ ।
जिल्ला
प्रहरी परिसर काठमाडौँले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो चिनजान भएको स्थानमा
मर्यादित एवं सभ्य तवरले रातको ९ बजेसम्म देउसीभैलो खेल्न अनुरोध गरेको हो ।
परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक
दिनेशराज मैनालीले हर्षोल्लासका साथ मनाइने तिहार पर्वमा अवाञ्छित गतिविधि देखिएमा
तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो ।
परिसरले
आफ्नो टोल छरछिमेकमा जुवातास खेलेमा वा पटाका पड्काए तत्काल प्रहरीलाई खबर गर्न
आग्रह गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ (पटाका) सम्बन्धी
कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।
मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार
गर्नसमेत प्रहरीले काठमाडौँवासीलाई आग्रह गरेको छ ।
छतमा चढेर यात्रा नगर्न, सडकको दायाँबाया जथाभावी पार्किङ नगर्न, ट्राफिक नियमको पालना गर्न प्रहरीले अनुरोध
गरेको छ ।
यात्रा गर्ने क्रममा अपरिचित व्यक्तिले दिएको
खानेकुरा नखान, नचिनेको
व्यक्तिले घरको ढोका ढकढक्याएमा नखोल्न, आफ्नो घर, छरछिमेक र टोलमा सिसी क्यामेरा जडान गर्न, लामो समय घरबाहिर जानुपरेमा विश्वासिलो छिमेकी
र आफन्तलाई जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।
तिहार तथा छठ पर्वका लागि गाउँ जान लागेको तस्बिर तथा
जानकारी सामाजिक सञ्जालमा पोष्ट नगर्न प्रहरीले आग्रह गरेको छ ।