• २० असोज २०८१, आइतबार

हामी पाँच वर्षको कार्य योजनासहित अगाडि बढौं : महामन्त्री थापा

blog

काठमाडौं क्षेत्र नम्बर ४ को निर्वाचन प्रचारप्रसार केन्द्रको कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै कांग्रेस महामन्त्री गगनकुमार थापा ।

काठमाडौं, असोज ४ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ। 

काठमाडौं क्षेत्र नम्बर ४ को निर्वाचन प्रचारप्रसार केन्द्रको कार्यालयको उद्घाटन गर्दै  उहाँले सो कुरा बताउनु भएको हो। उहाँले निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारलाई पाँच वर्षको कार्य योजनासहित जनतामाझ जानसमेत आग्रह गर्नुभएको छ। निर्वाचन आउन एक महिना रहेकाले पार्टीका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्तालाई चुनाव लक्षित कार्यक्रममा अग्रसर भएर नेपाली कांग्रेस तथा गठबन्धनका दललाई जिताउनसमेत मतदातासँग आग्रह गर्नुभयो। 

नेपाली कांग्रेस एउटा निश्चित कार्य योजनासहित अगाडि बढेको  परिस्थिति बस गठबन्धनसहित निर्वाचनमा सहभागी हुनु परेकाले मतदातालाई विचलित नभई मतदान गर्नसमेत थापाले आग्रह गर्नुभयो। 

हामीले गरेका कामलाई जनताले पक्कै पनि मूल्यांकन गर्ने भएकाले पाँच वर्षजस्तो सुकै परिस्थिति आए पनि नेपाली कांग्रेस सत्तामा पुगेपछि राम्रोसँग काम गर्नेसमेत थापाले बताउनुभयो। 

नेपाली कांग्रेसले निर्वाचनमा कुन कुन पार्टीसँग गठबन्धन गरेका छन् भन्ने कुरा प्रष्ट भएको तर, नेकपा एमालेले निर्वाचनमा कुन कुन पार्टीसँगै गठबन्धन गरेको छ भनेर नेकपा एमालेका नेता कार्यकर्ताले समेत बताउन सक्ने अवस्था नरहेको थापाले बताउनुभयो।