• १३ साउन २०८१, आइतबार

‘सहअस्तित्व’ मञ्चन

blog

काठमाडाैँ, कात्तिक ४ गते । अन्तर्राष्ट्रिय बालिका दिवसका सन्दर्भमा शिल्पी नाटकघरले छोरीको महत्व झल्काउन ‘सहअस्तित्व’ शीर्षकमा नाटक मञ्चन गरेको छ । 

सञ्चारिका समूहद्वारा विभिन्न साझेदार संस्थासँगको सहकार्यमा आयोजित कार्यक्रममा घिमिरे युवराजको लेखन तथा निर्देशन रहेको नाटक ‘सहअतिस्त्व’ मञ्चन गरिएको हो । नाटकले लिङ्ग पहिचान गरी छोरी भए गर्भपतन गर्नु अपराध हो भन्ने जनचेतनामूलक सन्देश दिएको छ । 

नाटकमा पात्रहरूले मन छुने अभिनयमार्फत छोराछोरीबीचको विभेद हटाएर समानताको वकालत गर्न अझै ढिला भए धेरै छोरीले जन्मनै नपाउने प्रस्ट पारेका थिए ।  

यसैबीच ‘गर्व गरौँ छोरी जन्माउनुमा’ भन्ने मूल नाराका साथ नेपालमा विभिन्न कार्यक्रम गरी १०औँ अन्तर्राष्ट्रिय बालिका दिवस मनाइएको छ ।कार्यक्रममा कवि स्वप्निल स्मृति, शकुन्तला जोशी र ज्योति जङ्गलले छोरीको महत्व झल्काउने कविता वाचन गर्नुभएको थियो ।