काठमाडौं महानगरपालिकाको वार्षिक खरिद गुरुयोजनाका लागि योजनाको प्याकेजिङ र स्लाइसिङका विषयमा छलफल भएको छ ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले सत्तारुढ गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीलाई सघाउने घोषणा गर्नुभएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रामेछाप जिल्ला २२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
ओखलढुङ्गामा सत्ता गठबन्धन र नेकपा (एमाले) लगायतका दलहरूले चुनावी अभियानलाई तीव्र बनाएका छन् । कात्तिक १७ अघि सामान्य घरदैलो गरेका दलले अहिले सार्वजनिक तथा ठूला चुनावी सभा गर्न थालेका हुन् ।
तान्जानियामा विमान दुर्घटना भएको छ । बुकोबा विमानस्थल जाँदै गर्दा भिक्टोरिया तालमा विमान दुर्घटनामा परेको हो । आज दुर्घटनामा परेको विमानमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको सिन्धुली निर्वाचन क्षेत्र १ र २ मा उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो ।
रुपन्देही क्षेत्र नं. २ (ख) मा सत्ता गठबन्धनका आबद्ध दलहरूले संयुक्त चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । निर्वाचन क्षेत्रभित्रका सबै नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धतासहित बुटवलमा आइतबार एक कार्यक्रमकाबीच प्रतिबद्धतापत्र सार्वजनिक भएको हो ।
वर्षको ६ महिना पनि विद्यालय जान नपाएका बालवालिका शनिबार र बिदाको दिनमा समेत विद्यालयमा पढ्न पाएपछि खुशी भएका छन् । जिल्लाको पूर्वी–उत्तर क्षेत्र बुढीनन्दा नगरपालिकाका –७ डाप्कमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिले शनिबार र विदाको दिन समेत बालवालिकालाई विद्यालयमा पठनपाठनको व्यवस्था गरेपछि विद्यार्थी खुशी भएका हुन् ।
मोगादिसुको दक्षिणी भागमा रहेको सैन्य प्रशिक्षण शिविरको प्रवेशद्वारमा शनिबार साँझ भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको चितवन निर्वाचन क्षेत्र १, २ र ३ मा उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले धनकुटाले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा कांग्रेस र माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन ।
सञ्चार तथा सूचना प्रविधि एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रेसको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ ।
निर्वाचनको मिति नजिकिएसँगै मोरङ – २ मा दलका उम्मेदवार र स्वतन्त्र उमेदवारहरूले प्रचारप्रसारलाई तीव्र पारेका छन् । सत्ता गठबन्धनले नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट पार्टीका जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेलसहित १० वटा दलका उम्मेदवार र तीन स्वतन्त्र गरी १३ जना उम्मेदवार हुनुहुन्छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरी निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताउनुभएको छ ।