काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–९ मा रहेको श्री गान्धी आदर्श माध्यमिक विद्यालयको स्थापना २०१० सालमा भएको हो । अहिंसात्मक आन्दोलनका प्रणेता महात्मा गान्धीबाट प्रेरित भएर समाज सुधारक तथा समाजसेवी श्री तुलसीमेहर श्रेष्ठले कारागारका रूपमा भएको जग्गामा यस विद्यालयको पठन पाठन सुरु गराएका थिए । यसको स्थापना हुनुअघि राणा शासनको विरुद्धमा तुलसीमेहर लागेका थिए । उनी देशमा चलिरहेको जातीय र वर्गीय विभेदको पूर्ण रूपले विरोध गर्थे ।
गोरखापत्र संस्थानको आयोजनामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशस्तरीय निर्वाचन समाचार लेखन सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम धनगढीमा सुरु भएको छ । संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीको अध्यक्षतामा सुरु भएको अनुशिक्षण कार्यक्रमको निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले उद्घाटन गर्नुभयो । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले अनुशिक्षण कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो । उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना मन्त्रालयका सचिव बैकुण्ठ अर्याल विशिष्ट अतिथि, गोरखापत्र दैनिकका प्र
बागलुङका द्वन्द्वपीडित परिवारका सदस्यले सङ्क्रमणकालीन न्यायका समस्या राजनीतिक दलको प्राथमिकतामा नपरेको गुनासो गरेका छन्।
नमुना मतदानमा सहभागी मतदाता मतपत्रका कारण अलमलिएका छन् । चारवटा मतपत्रमा मतदान गर्नुपर्छ भनेर जानकारी दिई मतपत्र दिइएका मतदाताले पहिलो मतपत्रमा नै चारवटा चिह्नमा छाप लगाएको पाइएको छ । निर्वाचन कार्यालय सल्यानले शारदा नगरपालिका–२ खलङ्गामा गराएको नमुना मतदानमा सहभागीमध्ये बढी सङ्ख्यामा म्यादी प्रहरीले मतदान गरेका थिए । फरक फरक क्षेत्रको प्रतिनिधित्व गरेका म्यादी प्रहरीले मतदान गरेका मतपत्र बदर भएपछि नमुना मतदानमा मतदाता धेरै अलमलिन सक्ने आकलन गरिएको छ ।
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू गाउँ–गाउँमा निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । निर्वाचन प्रचारप्रसारमा हिँडेका उम्मेदवारहरूले मतदाताको घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै र आफ्ना कुराहरू सुनाउँदै हिँड्ने गरेका छन्।
सुदूरपश्चिम प्रदेशमा निर्वाचनलक्षित सुरक्षाका लागि झन्डै १८ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलक्षित सुरक्षाका लागि १७ हजार ८५९ सुरक्षाकर्मी परिचालन गरिएको छ। तीमध्ये ११ हजार ५५९ म्यादी प्रहरी छन्। त्यस्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी छ हजार तीन सय सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन जारी गरेको सूचना निष्प्रभावी देखिएको छ। मतदान आउन अब दुई साता मात्र बाँकी छ। प्रशासनले हतियार बुझाउन तोकेको समयसीमा सकिएको सात दिन बितिसकेको छ। बुझाउनेको सङ्ख्या भने अत्यन्तै न्यून छ। प्रशासनको सूचनालाई अटेर गरी हतियार नबुझाउँदा सुरक्षा चुनौतीपूर्ण बढेको छ।
वर्तमान विश्वका लागि जलवायु परिवर्तन निकै नै टाउको दुखाइको विषयका रूपमा देखिएको छ । यसबाट सिर्जित समस्या विश्वभर छरप्रस्ट छन्। ताममान बढिरहेको छ भने हिमनदीहरू पग्लिरहेका छन्। कृषि उत्पादनमा प्रतिकूल असर परिरहेको छ भने समुद्रमा पानीको सतह बढेर तटवर्ती सहरहरू जोखिममा परेका छन्। अनेक रोगब्याधिको कारणसमेत जलवायु परिवर्तनसित जोडेर अध्ययन अनुसन्धान भइरहेको छ। जलवायु समस्याबा
आमनिर्वाचन २०७९ अघिल्लो पटकझैँ प्रदेश सभासँगै हुँदैछ। अघिल्लो चुनावभन्दा यस पटकको चुनाव धेरै अर्थमा भिन्न छ। २०७४ को चुनावमा कथित विचार मिल्ने वामपन्थी दलबीच चुनावी तालमेल र एकीकरण गरिएको थियो। तर यस पटक विचार वा अरू केही मिल्ने पार्टी कसैले खोजेको छैन। त्यसबेला स्थानीय चुनाव गर्दै गर्दा कांग्रेस र माओवादीकै सरकार थियो। तर आमनिर्वाचनका बेला एकाएक माओवादीले विजातीयलाई छाड्यो र सजातीय गठबन्धन ग-यो। त्यही गठबन्धनको लाभ लिने माओवादीका नेताहरूलाई यतिबेला लागि रहेको छ विचा
लोकतन्त्र र राजनीतिको आधारस्तम्भ चुनाव भएकोले राज्यको सम्पूर्ण संयन्त्र अहिले कसरी आगामी मङ्सिर ४ को निर्वाचन सफल बनाउन सकिन्छ त्यसतर्फ केन्द्रित भएको छ। प्रतिनिधि सभा र प्रदेश सभातर्फ हुने प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि यो आमनिर्वाचनले तिनलाई विधि बनाउने ठाउँमा पु¥याउनेछ। मतदाताको रोजाइको आधारमा प्रतिनिधि छान्न लोकमतको मापन गर्ने कार्यका लागि सार्वभौम जनता यताका केही दिन उम्मेदवारले गरेको गृहकार्य परीक्षण गरिरहेका छन्।
काभ्रेपलाञ्चोक जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि दलहरूले आक्रामक चुनावी अभियान सञ्चालन गरेका छन् । प्रतिनिधि सभाको दुईवटा निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा कात्तिक १७ अघि सामान्य घरदैलो गरेका दलले अहिले सार्वजनिक तथा
प्रतिनिधि सभा र प्रदेश सभाको मङ्सिर ४ गतेको निर्वाचनले मुलुकी तापमान बढ्दै गएको छ। अब दुई साताभन्दा कम समय रहँदा राजनीतिक दलहरू चुनावी मैदानमा पुगेका छन्। यो पटक ठूला चुनावी कार्यसूची देखिएका छैनन्। चुनाव कसरी जित्ने भन्ने ध्येयले नै राजनीतिक दल र उम्मेदवार मतदातासमक्ष पुगेको देखिएको छ। त्यसनिम्ति अनेक आश्वासन, विकासका सपना र कतिपय झुटका पुलिन्दासमेत मतदातामा राख्न थालिएको
युवाशक्ति नै देश विकासका संवाहक हुन्। राष्ट्रिय विकासको रथ तान्ने आधारभूत शक्ति भनेकै युवा वर्ग हो। युवाको आँट, जोश, जाँगर र हिम्मतलाई उपयोग नगरेसम्म देशले विकासको काँचुली फेर्न सक्दैन। नेपाललाई दक्षिण एसियाकै धेरै युवा जनशक्ति भएको देश भनिए पनि युवा रोजगारीका लागि विश्व बजारमा श्रम र सीप बेच्न बाध्य छन्। देशमा भएका युवा पनि अवसरको अभावले बरालिएका छन्। कोही राजनीतिक दलमा लागेर अनुत्पादक समय खर्च गरिरहेका छन् भने कोही कुलतमा फँसेका छन्। यसरी हेर्दा राज्यले युवाशक्तिलाई विकास निर्माणमा उपयोग गर्न सकेको छैन। उत्पादनको क्षेत्रमा लगाउन सकेको देखिँदैन।