प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाकाली नदीमा पक्की पुल बनाउने प्रतिबद्धता जनाउनुभएको छ । गृह जिल्ला डडेल्धुराको लालढुङ्गस्थित जोगबुडा रङ्गशालामा आइतबार आयोजित चुनावीसभामा उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।
प्रदेश १ माथि ३९ रनको जित निकालेको लुम्बिनी प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल सम्भावना जीवितै राखेको छ।
विद्यापति पुरस्कार कोषले २०७९ मा प्रदान गरिने मैथिली भाषाको विभिन्न चार विधाको पुरस्कार घोषणा गरेको छ । कोषका सदस्य सचिव रुद्रकुमार झाले आइतबार विज्ञप्तिमार्फत पुरस्कारबारे जानकारी गराउनुभएको हो ।
‘भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका–दक्षिणकोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकराबको उन्माद भन्दै आएको उत्तरकोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको छ ।
आगामी मङ्सिर ४ मा हुन गइरहेको आसन्न निर्वाचनमा आचारसंहिताको पालना भए नभएको बारेमा निर्वाचन आयोगले सूक्ष्म अनुगमन गरिरहेको सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताउनुभएको छ ।
‘नो नट अगेन’सम्बन्धी दायर रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिक आदेश जारी गरेको छ । आइतबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सो आदेश जारी गरेको हो ।
अष्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकपमा जिम्बावेलाई ७१ रनले हराउँदै भारत सेमिफाइनल प्रवेश गरेको छ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा लोसपा अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, अनिलकुमार झा र उमाकान्त झाले संयुक्त रुपमा चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (मशाल) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ । संसदीय व्यवस्थाको अन्त्यगरी जनताको जनवादी व्यवस्था स्थापनाको माग गर्दै मशालले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।
पाकिस्तान अष्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८७९ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको हो ।
रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले), राप्रपा र जसपाको संयुक्त प्रतिबद्धतापत्र आइतबार सार्वजनिक भएको छ । बुटवलमा पत्रकार सम्मेलन गरी प्रतिबद्धतापत्र सार्वजनिक गरिएको एमालेले जनाएको छ ।
काठमाडौं, कात्तिक २० गते । रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म फूलबारीको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । आगामी फागुन ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको सार्वजनिक पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई देख्न सकिन्छ ।फिल्मको कथा र कन्सेप्ट कमल किशोर मुलपानीको हो भने उपेन्द्र सुब्बाको पटकथा रहेको छ । फिल्ममा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको पनि अभिनय रहनेछ ।फिल्ममा जोस हेरुमको छायाङ्कन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको सङ्गीत रहने बताइएको छ । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल र निर्माता मनिष ढकाल हुनुहुन्छ ।
अष्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकप अन्तर्गत आइतबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेको छ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताउनुभएको छ ।