• १६ भदौ २०८१, आइतबार

नेकपा मशाल निर्वाचनमा सहभागी नहुने

blog

मशालका प्रवक्ता रेशम गिरी पार्टी निर्णयबारे जानकारी गराउँदै । तस्बिर : नवीन शिशिर विक

नवीन शिशिर विक

बागलुङ, कात्तिक २० गते । नेपाल कम्युनिष्ट पार्टी (मशाल) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ । संसदीय व्यवस्थाको अन्त्यगरी जनताको जनवादी व्यवस्था स्थापनाको माग गर्दै मशालले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।

मशालको हालै सम्पन्न बैठकले निर्वाचनमा सहभागी नहुने गरी जनतालाई अपिल गर्न जिल्लाव्यापी पर्चा वितरण, घरदैलो अभियान, भेट, कोणसभा, अन्तरक्रियाजस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता रेशम गिरीले जानकारी दिनुभयो । 

चुनावमा सहभागी नुहनका लागि क्रान्तिकारी माओवादी, नेकपा बहुमत, कम्युनिष्ट पार्टी माओवादीसँग सहकार्य गर्ने पनि प्रवक्ता गिरीले बताउनुभयो । तर नेकपा माओवादी विप्लव समूहसँग भने समन्वय नगर्ने मशालले जनाएको छ ।

नेकपा मशालले राष्ट्रियता र जनजीविकाको पक्षमा परिणाममुखी जनसङ्घर्ष सञ्चालन गर्ने, पार्टीलाई उत्पादन कार्यमा जोड्ने, जनसङ्घर्षमा पार्टीको नेतृत्वदायी भूमिका खेल्ने लगायतका निर्णय गरेको जनाएको छ ।