वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘एसियन पेन्ट्स’ ब्रान्डको ठूलो परिणामको रङ जफत गरेको छ। विभागको अनुगमन टोलीले काठमाडौँ, सतुङ्गलस्थित एसियन पेन्ट्सको गोदामबाट म्याद गुज्रेका चार हजार ९६३ थान र रिलेबलिङ गरेका दुई हजार ६०९ थान एसियन ब्रान्डका पेन्ट्स फेला परेपछि जफत गरेको हो।
निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएकाले आवश्यक सुरक्षा प्रबन्ध गर्न जिल्ला प्रहरी कार्यालय, पर्सालाई पत्र पठाएको छ।
भक्तपुरमा मतदाता शिक्षा सञ्चालक समितिले टोल–टोलमा पुगेर मतदाता शिक्षा सञ्चालन गर्न थालेका छन्। निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता शिक्षाका सामग्री पर्चा, पम्प्लेट र नमुना मतपत्र लिएर समिति टोल र घर–घरमा पुग्न थालेका हुन्।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन गाउँमा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि हुन सकेका छैनन्। बाक्लो हिमपातले गर्दा लिमी जाने दुईवटा नाका बन्द भएकाले प्रत्यासी उम्मेदवार र राजनीतिक दलका नेताहरू लिमी पुग्न नपाएपछि यस्तो अवस्था भएको हो।
पछिल्लो पाँच वर्षमा झापा निर्वाचन क्षेत्र नं. ५ को विकास निर्माणले निकै छलाङ मारेको छ। आधा दशकमा यति भव्य प्रगति सम्भवतः देशका अन्य निर्वाचन क्षेत्रमा देख्न पाइँदैन। यो क्षेत्रमा रहेको दमक नगरपालिकाको स्वरूप नै नयाँ बनेको छ। राजनीतिक दलहरूले यस पटक अघि सारेका चुनावी प्रतिबद्धता पूरा हुनसके यस क्षेत्रको आगामी पाँच वर्षको विकास चमत्कारपूर्ण हुनेछ।
सर्वोच्च अदालतले सार्वजनिक पदबाट अवकाशप्राप्त व्यक्तिलाई सङ्घ र प्रदेश सरकारले दिएको सुविधासम्बन्धी विवरण माग गरेको छ । उक्त सुविधा दिन लिइएका कानुनी आधारसमेत पेस गर्न अदालतले सङ्घीय सरकार र प्रदेश सरकारका नाममा आदेश गरेको हो । सर्वोच्चले यसअघि २०६८ सालमा सार्वजनिक पदमा रहेर अवकाश पाएका तथा पूर्वविशिष्टहरूलाई दिने सुविधा कानुन बनाउन जारी निर्देशनात्मक आदेश कार्यान्वयनबारे पनि प्रतिवेदन माग गरेको छ ।
“देशले मलाई प्रधानमन्त्रीका रूपमा खोजेको छ। एक पटक मुलुकमा सुशासनको जग मात्रै बसाल्न भए पनि कार्यकारी अधिकार मेरो हातमा आउनुपर्छ,” निर्वाचनको मौसम सुरु भएदेखि नैै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको यो भनाइ चर्चामा आइरहेको छ। २०४८ सालदेखि निरन्तर निर्वाचनमा होमिएर पाँच पटक जिते पनि पौडेलले मुलुकको कार्यकारी अधिकारको बागडोर सम्हाल्न गरेको प्रयास भने सफल भएको छैन।
राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु नानक जयन्तीको सन्दर्भमा मङ्गलबार शुभकामना सन्देश दिनुभएको छ । उहाँले सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरु नानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२७) विश्वलाई मानवताविरुद्धको सबैभन्दा ठूलो चुनौतीसँग जुध्नका लागि आवश्यक आपसी सहकार्यमा जोड दिँदै इजिप्टको समुद्री तटीय सहर सार्म–एल–शेखमा भव्यताका साथ सुरु भएको छ।
कार्यक्षेत्रमा खटिनुअघि वीरेन्द्रनगरस्थित खुलामञ्चमा बिहानको तालिम तथा प्रशिक्षणपछि लामबद्ध म्यादी प्रहरी
धनगढीस्थित आफ्नो निजी निवासमा रहनुभएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहनुभएको छ ।
विराटनगर निवासी ८५ वर्षीय दुर्गादेवी नेपाललाई आज काठमाडौँमा ‘गोधूलि पुरस्कार’ प्रदान गरियो । ताम्रपत्र सहित १० हजार रुपियाँ राशिको सो पुरस्कार ग्रहण गर्न उहाँ ओछ्यानबाट उठ्नु भएको थियो ।
प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरु एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । सोमबार काउन्सिलले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेको हो ।
मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी आज रुपन्देही योगीकुटीमा महिलालाई मतदान शिक्षा दिइएको छ । मतदाताहरूलाई मतदान गर्न सहज होस् भन्ने उद्देश्यले मतदातालाई मतदान सहजीकरणको लागि मतदान शिक्षा दिइएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी केहीबेर अघि आइसल्याण्ड प्रस्थान गर्नुभएको छ ।