कर्णालीका हिमाली जिल्लाका चुनावी सभालाई सम्बोधन गर्न आउन लाग्नुुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सुर्खेतमा हेलिकोप्टरले अवतरण गर्न नसकेपछि सल्यान गएर अवतरण गरेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छ ।
यही मङ्गलबार अर्थात् नोभेम्बर ८ मा सम्पन्न हुने मध्यान्तर निर्वाचनले अमेरिकी राजनीतिको फैसला गर्नेछ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको दुई वर्षपछि हुने निर्वाचनलाई मध्यान्तर निर्वाचन भन्ने गरिएको छ । यो निर्वाचनमा तल्लो सदन हाउसका सबै ४३५ र माथिल्लो सदन सिनेटका सयमध्ये ३५ स्थानमा निर्वाचन हुँदै छ ।
पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा गण्डकी परिक्रमा गरिएको छ । वैदिक सनातन धर्म र संस्कृतिको प्रचार–प्रसार गर्ने उद्देश्यले मङ्गलबार नौ घण्टा पैदलयात्रा हिँडेर गण्डकी परिक्रमा गरिएको हो । छब्बीस किलोमिटरको दूरीमा करिब तीन हजारको सहभागिता रहेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य पदमा दोस्रो पटक निर्वाचन लड्नुभएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई यो वर्ष अन्य वर्ष जस्तो सहज नहुने देखिएको छ । ठाकुरलाई एमाले,जसपा गठबन्धन र स्वतन्त्र उम्मेदवारसँग कडा रूपमा चुनौती सामना गर्नु पर्ने भएको छ ।
बाँके निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्यादेवी शर्माले कारागारबाटै निर्वाचन लड्दै हुनुहुन्छ । उम्मेदवारी दर्ता गराएको केही समयमै नेपालगन्ज १५ निवासी शर्मालाई प्रहरीले सरकारी कागजात किर्ते तथा ठगी मुद्दामा पक्राउ गरेको थियो ।
कर्णालीमा सञ्चालित ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रमले अध्ययनमा सहज वातावरण बनाएको पाइएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ बाट छोरी–बुहारीलाई छात्रवृत्ति कार्यक्रम अघि बढाएको थियो । सामाजिक विकास मन्त्रालयमार्फत कार्यविधि बनाएर सञ्चालनमा ल्याइएको यो कार्यक्रमले प्राविधिक विषय पढ्न आँट गर्ने कर्णालीका छोरी–बुहारीलाई राहत दिलाएको हो । नारायण नगरपालिका–७, दैलेखकी सुस्मिता कोइरालाले छात्रवृत्तिको रकमबाट आफूलाई प्राविधिक शिक्षा पढ्न सहज भएको बताउनुभयो ।
चुनाव नजिकिएसँगै सल्यानका उम्मेदवारले प्रचार कार्य तीव्र पारेका छन् । अधिकांश उम्मेदवारले पूर्वाधार विकास निर्माणका पुरानै मुद्दालाई चुनावी नारा बनाएका छन् । उम्मेदवारले राप्ती राजमार्ग, मदन भण्डारी राजमार्ग, रिङरोडलगायत राजमार्गलाई चुनावी मुद्दा बनाएका छन् । यद्यपि, सल्यानको मुख्य सडक राप्ती राजमार्ग स्तरोन्नति गर्ने प्रतिबद्धता आजअघिका उम्मेवारले पटक–पटक गरे पनि काम हुन सकेको छैन । दाङ–सल्यान ६५ किलोमिटर राप्ती राजमार्ग स्तरोन्नति गर्ने नारालाई यस पटक समेत सबै उम्मेदवारले मुख्य नारा बनाएका छन् ।
कम्युनिस्टका गुरु मानिने मोहनविक्रम सिंह सहितका नेताहरूको गृह जिल्ला प्युठानमा यस पटक सूर्य थापा र दुर्गा पौडेल बिच प्रतिस्पर्धा हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय बझाङले जिल्लाका विभिन्न छवटा मतदान केन्द्रमा नमुना मतदान गरेको छ । सो मतदानमा ११ देखि २३ प्रतिशतसम्म मत बदर भएको छ । जिल्लाका विभिन्न छवटा मतदान केन्द्रमा गरिएको नमुना मतदान प्रक्रियामा स्थानीयलाई सहभागी गराइएको थियो ।
राजनीतिक दलले चुनावी मुद्दाका रूपमा डेढ सय वर्ष पुरानो झुलाघाटको जीर्ण झोलुङ्गे पुलको ठाउँमा पक्की पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । पक्की पुलका लागि एक महिना लामो रिले अनशन बसेर सुनुवाइ नभएको पुलको विषय चुनाव आउँदा एक्कासी चर्चामा आएको हो । भारत स्वतन्त्र हुनुअघि नै इस्टइन्डिया कम्पनीले डेढ सय वर्षअघि बैतडीको झुलाघाटमा निर्माण गरेको झोलुङ्गे पुल जीर्ण हुँदा पटक–पटक मर्मत गरेर सञ्चालन गरिँदै आएको छ । नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सीमा नाका झुलाघाटमा पक्की पुल नहुँदा दुई देशका नागरिक सास्ती खेप्दै आइरहेका छन् ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि हिमालपारिको जिल्ला मुस्ताङमा राजनीतिक दल तथा विभिन्न पार्टीका उम्मेदवारको चुनावी सक्रियता बढेको छ । नेपाली कांग्रेस र नेकपा एमाले मुख्य प्रतिस्पर्धी देखिएको मुस्ताङमा दुवै दलले आफ्नो पक्षमा परिणाम पर्ने दाबी गरेका छन् । एउटा प्रतिनिधि सभा र दुइटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको यस जिल्लामा नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
कलाकार तथा गायक राजु ढुङ्गेलको मौलिक पञ्चेबाजामा आधारित माइतीघर बजारमा आएको छ । गायक ढुङ्गेलले आफैँले संरक्षण गरेको भाका माइतीघरमा ढुङ्गेलको सङ्गीत रहेको छ ।