आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यको निर्वाचन हुन गइरहेको छ। सो निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा गराउन निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ। सामान्यतः आचारसंहितालाई एउटा नैतिक बन्धनका रूपमा बुझिन्छ तर यसलाई पछिल्ला दिनमा राजनीतिक संस्कारको विकास र कानुनी दण्ड सजायका रूपमा पनि बुझिन थालेको छ। आयोगले मतदानको नजिकका १७ दिन मात्रै उम्मेदवारले आम
वैदिक शिक्षाको आधारमा नै आधुनिक शिक्षाले निरन्तरता पाइरहेको छ। वेदको रचना हजारौँ वर्षअघिदेखि ऋषिमुनिहरूले भन्दै आएका कुरा हुन्। यिनै भनाइलाई वेदव्यासले लिपिबद्ध गरेका थिए। आर्यावर्त, हिमवत्खण्ड उद्गम रहेको चार वेद आर्यका ज्ञानका स्रोत थिए। वेदमा आर्यलाई ज्ञानी समुदाय वा सिद्धान्त भनी व्याख्या गरिएको छ। सबै समुदायका व्यक्ति तिनका बुद्धि र क्षमताको सफलतापूर्वक प्रयोग गर्नेलाई आर्य भनिन्थे। मानव सभ्यताका सबैभन्दा प्राचीन ग्रन्थ वेद हो भने त्यसमा पनि ऋग्वेद सबैभन्दा प्राचीन ग्रन्थ हो। दस मण्डल र १,०१७ सूत्रमा विभाजित ऋग्वेदमा राजनीति, कूटनीति, आचार, विचार, परम्पराको पद्यात्मक व्याख्या गरिएको छ। यसमा समष्ठिगत रूपमा आर्यहरूको जीवनशैली र ज्ञानलार्ई परिभाषित गर्ने प्रयास गरिएको छ।
नयाँ राजनेताको उदय र नयाँ नीति सार्वजनिक हुने अस्त्रका रूपमा चुनावलाई चित्रण गरिन्छ। नयाँ नेताको उदय हुन दल नै अनिवार्य आवश्यकता हो भन्ने पनि छैन। दलबिनाको व्यक्तिको राजनीतिमा प्रतिनिधित्व हुँदा लोकतन्त्र संस्थागत हुन सक्दैन भन्ने ठहर कतिपय विज्ञको छ । विज्ञको निष्कर्ष जे भए पनि कहिलेकाहीँ सार्वजनिक क्षेत्रका मानिसले चुनावमा सफलता हासिल गरेर देशलाई समृद्ध पनि बनाएका छन्। स्वतन्त्र व्यक्तिले अक्सर अभिजात वर्ग (एलाइट क्लास)को ठाउँमा आममानिसलाई प्रतिनिधित्व गर्ने खालको कार्यक्रम ल्याएर विजयी बनेको देखिएको छ।
सङ्घीय र प्रदेश सभा निर्वाचन नजिकिएसँगै राजनीतिक सरगर्मी बढ्न थालेको छ। नयाँ संविधान जारीपछि २०७४ मा पहिलो निर्वाचन भएको थियो। मङ्सिर ४ मा हुने निर्वाचन दोस्रो हो। यो निर्वाचनको छुट्टै महत्त्व र विशेषता रहेको विश्वास छ। यो पटकको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि नागरिकको स्थानीय आवश्यकताको सम्बोधन हुने आमअपेक्षा छ। अघिल्लो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विभिन्न दलले नागरिकलाई बाँडेका आश्वासन कतिको पूरा भए, भएनन् भन्नेतर्फ सबैको ध्यान जानुपर्छ। शिक्षा, स्वास्थ्य, रोजगार, वैदेशिक सम्बन्धका बारे भए–गरेका कार्य, राष्ट्र र राष्ट्रियताको सन्दर्भमा भए–गरेका कार्यको फेहरिस्त मतदाताले माग्नुपर्छ। दलहरूले घोषणा गरेअनुरूपका घोषणापत्रमा उल्लिखित कार्य कतिको पूरा भए, भएनन् सोकोसमेत लेखाजोखा यो
आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन ।
सुर्खेतमा कम गुणस्तरका दूध तथा दुग्धजन्य पदार्थ र पानी बिक्री हुने गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतले चालू आर्थिक वर्षको तीन महिनामा अनुगमनका क्रममा फेला परेका गुणस्तरहीन तेल, घिउ, दूध र दुग्ध पदार्थ नष्ट गरेको छ। उहाँका अनुसार २१ हजार ९१० रुपियाँ बराबरको तेल तथा घिउजन्य पदार्थ र ७२० रुपियाँको दूध तथा दुग्ध पदार्थ नष्ट गरिएको कार्यालयले जनाएको छ।
निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमालेका उम्मेदवारहरूको निर्वाचन प्रचारप्रसार गरेको सम्बन्धमा उजुरी आएकाले आवश्यक कारबाहीका लागि विभागलाई पत्र पठाएको छ ।
गणतन्त्र स्थापनार्थ महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने कृष्णप्रसाद सिटौला र राजतन्त्रका पक्षधर राजेन्द्र लिङ्देनबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। गत २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा लिङ्देन विजयी हुनुभएको थियो भने सिटौलाको पराजय भएको थियो। चुनावी मैदानमा दुवै उम्मेदवार पुनः आमनेसामने भएकाले उहाँहरूबीचको प्रतिस्पर्धालाई लिएर झापा निर्वाचन क्षेत्र नं. ३ मा चर्चा र चासो बढेको छ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वगृहमन्त्री सिटौला गठबन्धनका तर्फबाट र राप्रपाका अध्यक्ष लिङ्देन
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सात उम्मेदवारलाई स्पष्टीकरण माग गरेको छ ।
सुनचाँदी व्यवसायीले बजार मागअनुसार सुनको आपूर्ति नहुँदा बजारमा अभाव भएकाले कोटा बढाउन माग गरेका छन्। विदेशी विनिमय सञ्चितिमा परेको चापलाई देखाउँदै नेपाल राष्ट्र बैङ्कले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव देखिएको भन्दै नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सो माग गरेको जनाएको छ।
दाङको घोराही सिमेन्ट उद्योगको खानी उत्खनन बन्द हुँदा उद्योगसँगै कामदार समस्यामा परेका छन्। १० महिनादेखि चुनढुङ्गा निकाल्ने काम रोकिएको छ। सम्झौताबमोजिम उद्योगले घोराही–मुर्कुटी सडकखण्डको तापा चोकदेखि चुनढुङ्गा खानीसम्मको तीन किलोमिटर सडक कालोपत्रे नगरेको भन्दै बङ्गलाचुली गाउँपालिकाले गत वर्षको पुस १ गतेदेखि टिप्पर सञ्चालनमा रोक लगाइएको हो। टिप्पर चल्न नपाएपछि चुनढुङ्गा निकाल्ने काम पनि रोखिएको हो।
संविधान सभा र संसदीय निर्वाचनमा गरी तीन पटक प्रतिनिधित्व गरिसक्नुभएका नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्र नम्बर १ मा चौथो पटक चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका कोइरालासँगै नेकपा (एमाले)का तर्फबाट तत्कालीन संविधान सभा सदस्य कृष्णप्रसाद पौडेल, नेपाल स्वतन्त्र पार्टीबाट राजन गौतम र राप्रपा नेपालबाट मोहनीलाल भुसाललगायत पाँच स्वतन्त्र गरी १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
धेरैजसो मन्दिरमा भगवानसँग मनमनै वर तथा आशीर्वाद माग्ने गरिन्छ । तर पाल्पाको सत्यवती मन्दिरमा परम्परादेखि नै भक्तजनले चिच्याएर वर माग्दै गर्छन् । सत्यवती देवी कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन रहेको मन्दिरका पुजारी जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले साढे दुई महिनाको अवधिमा विशेष सापटी रकमबापतको २५ करोडभन्दा बढी रकम लिइसकेका छन्। कोषको अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशत रकमबाट एक हजार ३६० जनाले २५ करोड २७ लाख ३० हजार रुपियाँ विशेष सापटी रकम लिएका हुन्।
मङ्सिर ४ गते हुन थालेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवार मतदाता भेट्न सहरदेखि गाउँगाउँसम्म पुगेर निर्वाचनको वातावरण तताइरहेको समयमा उद्योगी तथा व्यवसायी भने आन्दोलनमा जुटेका छन् ।