• १९ असोज २०८१, शनिबार

तान्जानियाको भिक्टोरिया तालमा विमान दुर्घटना

blog

–तान्जानियाको भिक्टोरिया तालमा यात्रुवाहक विमान दुर्घटना ।

गाेरखापत्र अनलाइन

काठमाडाैँ, कात्तिक २० गते । तान्जानियाको भिक्टोरिया तालमा यात्रुवाहक विमान दुर्घटना भएको छ । बुकोबा शहरमा भएको विमानस्थलमा विमान अवतरण गर्न लाग्दा सो तालमा दुर्घटना भएको हो ।

दुर्घटना भएपछि तालबाट १५ जनाको सकुशल उद्धार गरिएको छ । तर ‘प्रेसिसन एयर फ्ल्याट’को विमानमा कति जना यात्रु सवार थिए र मानवीय क्षतिबारे थाहा नभएको तान्जानिया ब्रोडकाष्टिङ कर्पाेरेसनले जनाएको छ ।

तान्जानियाको  राजधानी ‘दार ए सलाम’बाट सो विमान त्यसतर्फ उडेको थियो । मुसलधारे पानी र हुरीबतासका कारण सो दुर्घटना भएको बताइएको छ ।

सामाजिक सञ्जालमा पोष्ट भएका भिडियो फुटेज र तस्बिरहरुमा सो विमान पूरै डुबेको छ । 

तान्जानियाको सबैभन्दा ठूलो निजी विमान कम्पनी ‘प्रेसिशन एयर फ्ल्याट’को फ्लाइट नम्बर पीडब्लु ४९४ दुर्घटना भएको बताएको बाहेक अन्य कुनै पनि विवरण खुलाइएको छैन । –उपेश महर्जन