सप्तरीमा धान काट्ने मजदुरको अभाव भएको छ । धानबाली भित्र्याउन मजदुरकै भर पर्नुपर्ने र सबैजसो किसानको एकै पटक बाली भित्र्याउनुपर्ने भएकाले मजदुर पाउन मुस्किल भएको हो । मजदुरले एक बिहान धान काटेको चार सय रुपियाँसम्म लिने गरेका किसानले बताएका छन् ।
सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेड स्थापनाको आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीको वार्षिकोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पुनर्बीमाका माध्यमबाट स्वदेशी मुद्रा बाहिरिने अवस्थालाई कम गर्नसमेत भूमिका बढाउन आग्रह गर्नुभयो ।
हाइड्रो भिलेज प्रालिले गण्डकी प्रदेशको म्याग्दी जिल्लामा निर्माण सुरु गरेको ५७.३ मेगावाटको जलविद्युत् आयोजनामा पाँचवटा बैङ्कले करिब आठ अर्ब रुपियाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । कम्पनी र बैङ्कबीच २०७९ कात्तिक २१ गते सोमबार लगानीसम्बन्धी सम्झौता भएको छ ।
वर्तमान विश्वमा वैदेशिक लगानी कुनै पनि मुलुकको आर्थिक विकासमा निकै नै सहयोगी हुने गरेको छ। हाम्रै छिमेकी मुलुक चीन, भारत, बङ्गलादेश वैदेशिक लगानीले आर्थिक विकास गरिरहेको नजिकका राम्रा उदाहरण हुन्। नेपालमा पनि प्रजातन्त्रको पुनबर्हालीपश्चात् वैदेशिक लगानीको केही आशलाग्दो बाटो लिएको हो। खास गरी आर्थिक उदारीकरणको नीति अवलम्बनसँगै विभिन्न क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारले पहल गरेको थियो। फलतः मुलुकको औद्योगिकलगायत विभिन्न क्षेत्रमा वैदेशिक लगानी भित्रिरहेका छन् र यो क्रमले निरन्तरता पाइरहे पनि उत्साहजनक अवस्था भने अझै देखिएको छैन। लगानीका लागि अझै धेरै समस्या
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणस्वरूप सन् २००८ मा चीनमा भएको ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा जानुभयो। नेपालका प्रधानमन्त्री पहिलो विदेश भ्रमणका रूपमा दक्षिणको छिमेकी मुलुक भारत जाने क्रम चलिरहेकोमा दाहालले चीन गएकोमा परराष्ट्र वृत्तमा ठूलो खैलाबैला नै मच्चियो। कम्युनिस्ट प्रधानमन्त्रीले साम्यवादी राष्ट्र चीन नै पहिलो भ्रमणका रूपमा रोजेको विषयलाई एकथरीले स्वाभाविक ठानेको र हाम्रो स्वतन्त्र परराष्ट्र नीतिको बखान गरिरहेकै बेला उनी स्वदेश फर्केपछि सञ्चारमाध्यमसित “मेरो पहिलो राजनीतिक भ्रम
मानव सभ्यताको विकास क्रममा जब राज्यको स्वरूप निर्माण हुँदै गयो, तब शासनको पनि विकास र विस्तार हुँदै आयो। राज्यको रूपान्तरण र सबलीकरण भए वा हुने गरेको भए तापनि यसको भौगोलिक सिमानामा भने सामान्यतया सीमितता रहन्छ। यसको विपरीत शासनचाहिँ एउटा निरन्तर चलिरहने प्रक्रिया हो। यो आफैँमा सापेक्ष हुन्छ। विशेषतः शासक वा नागरिक दुईमध्ये एकको चाहनामा शासन परिवर्तन हुने गर्दछ। शासकको इच्छाबमोजिम परिवर्तन हुने शासनमा निरङ्कुशता झल्किन्छ, जुन परम्परागत मान्यता र अभ्यास पनि हो। नागरिकको शासनप्रतिको बुझाइले गर्दा शासन व्यवस्थामा परिवर्तन हुन्छ भने त्यसलाई लोकतान्त्रिक शासन भनिन्छ। जसलाई शासनको आधुनिक अवधारणाको रूपमा पनि लिन सकिन्छ। आजको युगमा एउटा असल शा
१. राष्ट्रपति विद्यादेवी भण्डारी ‘रेक्युभिक ग्लोबल फोरम’मा सहभागी हुने सन्दर्भमा आइसल्यान्डतर्फ कहिले प्रस्थान गर्नुभएको हो ? वि.सं. २०७९ कात्तिक २२ सन् २०२२ नोभेम्बर ८ देखि १० सम्म चल्ने फोरममा विश्वभरका महिला नेत्रीको सहभागिता हुने । सो अवसरमा महिला राजनीतिक नेतृत्व (डब्लूपीएल)ले राष्ट्रपति भण्डारीलाई यस वर्षको प्रतिष्ठित डब्लूपीएल ट्रेलब्लेजर अवार्डद्वारा सम्मानित गरेको ।
सार्वजनिक निकायमा समय व्यवस्थापन १. आयकर भनेको के हो ? आयकर ऐन, २०५८ अनुसार कर बुझाउने सम्बन्धमा करदातालाई प्रदान गरिएका अधिकारहरू उल्लेख गर्नुहोस्। कुनै व्यक्तिले रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट प्राप्त गरेको आयमा लाग्ने करलाई आयकर भनिन्छ। श्रम वा पुँजी वा श्रम र पुँजी दुवैको लगानीबाट प्राप्त हुने प्रतिफल वा आकस्मिक रूपमा प्राप्त हुने लाभमा कुनै मुलुकको आयकरसम्बन्धी कानुनले निर्धारण गरेअनुसार लाग्ने कर आयकर हो।
बीमा क्षेत्रको नियामक निकाय बीमा समिति मङ्गलबारदेखि नेपाल बीमा प्राधिकरणका रूपमा रूपान्तरण भएको छ । नयाँ बीमा ऐन २०७९ अनुसार बीमा समिति खारेज भएर नेपाल बीमा प्राधिकरणमा रूपान्तरण भएको हो ।
प्रदेश १ का उद्योगी–व्यवसायीले चालू पुँजी कर्जा मार्ग निर्देशन परिस्थिति सुहाउँदो नभएकाले यसलाई स्थगन गर्नुपर्ने माग गर्दै मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । प्रदेशको राजधानी विराटनगरमा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर १ ले जिल्ला प्रशासन कार्यालय मोरङ र वाणिज्य बैङ्कका शाखाहरूमा ज्ञापनपत्र बुझाउँदै केन्द्रीय सदस्य बोहराले तत्काल नेपाल राष्ट्र बैङ्कले हस्तक्षेप गर्नुपर्ने बताउनुभएको हो ।
मधेश प्रदेशमा मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आठ दशक उमेर नाघेका मतदाता ८० हजारभन्दा बढी छन्। आठ दशक नाघेका मतदातामध्ये ३९ हजार ८५९ पुरुष र ४१ हजार ६६ महिला गरी ८० हजार ९२५ जना छन्। यस प्रदेशमा उमेरको हिसाबले सबभन्दा कम ८१ वर्षमाथि समूहका मतदाता छन्।
नेकपा (एकीकृत समाजवाद) का नेता तथा प्रतिनिधिसभाका लागि बारा ४ बाट बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)ले चुनावी एजेन्डामा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिनुभएको छ ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सहभागी हुन सबै समुदाय उत्साहित रहेका बेला यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भने निराश छ । दलहरूले समुदायका समस्याका बारेमा चासो नदेखाएका कारण समुदायमा निराशा छाएको हो । प्रदेशमा हुने निर्वाचनमा दुई प्रतिशतसम्म उमेदवारका रूपमा समेत सहभागिता गराउने प्रतिबद्वता जनाएका दलहरूले आसन्न निर्वाचनमा पहिचानसहित मत जाहेर गर्ने वातावरण पनि नबनाएकोमा यस समुदायका मानिसहरूमा आक्रोश बढेको हो ।
बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ११९ वटा पालिकामा हस्तकला ग्राम स्थापना गर्ने भएको छ । हस्तकला व्यवसाय प्रवद्र्धन गर्न बागमती प्रदेशका ११९ वटा पालिकामा ग्राम स्थापना गर्न लागिएको हो । बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले हस्तकला ग्राम गराउने गरी नीति पास गरिसकेकाले चालू आबदेखि नै काम सुरु गरिने जानकारी दिनुभयो । हस्तकला व्यवसाय प्रवद्र्धन गरी आन्तरिक र बाह्य बजार विस्तार गर्न बागमती प्रदेशमा हस्तकला ग्राम स्थापना गर्न लागिएको उहाँले बताउनुभयो ।
पूर्णिमाको मेला हेरेर फर्किएको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । लु१ज ३७०७ नम्बरको जिप प्युठान नगरपालिका– ५ पूर्णा गाउँ कुना पानीमा राती १२ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक शुसिल थापा मगरले जानकारी दिनुभयो ।