दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ठेकेदार कम्पनीको मेसिनमा तालाबन्दी गरेको छ। जिम्मा लिएको काम सम्पन्न नगरी मेसिन अन्यन्त्र लैजान खोजेपछि नगरपालिकाले तालाबन्दी गरेको हो।
बाँकेबाट पहिलो पटक भारततर्फ प्लाइउड निर्यात भएको छ । यसअघि भारतबाट तयारी प्लाइउड र कच्चा पदार्थ ल्याउने गरिएकोमा यस क्षेत्रबाट पहिलो पटक प्लाइउड भारत निर्यात गरिएको हो । नेपालगञ्ज औद्योगिक क्षेत्रमा सञ्चालित शिखर प्लाइउडले २८ टन प्लाइउड पहिलो चरणमा भारत पठाएर निर्यात सुरु गरेको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीले सुदूरपश्चिमका बासिन्दालाई एक/दुई दिन सतर्क रहन आग्रह गर्नुभएको छ । उहाँले पछिल्लो पटक ६.६ म्याग्नीच्यूडको भूकम्प गएको र त्यो भन्दा पहिलाका पूर्व कम्पन भएको बताउनुभयो । भूकम्प गई सकेपछि त्यसको असर केही दिन रहने हुँदा सतर्क रहन उहाँ आग्रह गर्नुभएको हो ।
नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैङ्कले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैङ्कहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैङ्कले ११ वाणिज्य बैङ्कलाई त्यसरी असुलेको एक अर्ब ८५ करोड रुपियाँ ऋणीलाई फिर्ता गर्न निर्देशन दिएको थियो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निजी क्षेत्रका व्यवसायीलाई चुनावको थप माहोल बनाउन सहयोग गरिदिन आग्रह गर्नुभएको छ । मङ्गलबार आयोगको कार्यालयमा आयोजित निजी क्षेत्रसँग अन्तक्र्रिया कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुुभएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मधेश आन्दोलनसँग जोडिएकै मुद्दालाई लोसपाले आफ्नो चुनावी घोषणापत्रमा समावेश गरेको छ । लोसपाले नागरिकता समस्याको समाधान, मधेश आन्दोलनमा संलग्नमाथि चलाइएको मुद्दा फिर्तालाई घोषणापत्रमा प्रमुखताका साथमा समावेश गरेको छ ।
पूर्वसभामुख एवं लोकतान्त्रिक वाम गठबन्धनको काठमाडौँ–२ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओनसरी घर्तीले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । निर्वाचत क्षेत्र केन्द्रित रहेर उम्मेदवार घर्तीले मङ्गलबार घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षालगायतका विषय समावेश छन् ।
आसन्न निर्वाचनमा राजनीतिक रूपमा प्रभावशाली र मन्त्रीको अनुभवसमेत लिइसकेका उम्मेदवारका कारण सुनसरीका चारवटै निर्वाचन क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेका फैसलामा असन्तुष्टि जनाएको छ। फैसलाका क्रममा विशेषले प्रमाण ऐनका व्यवस्था, सर्वोच्चबाट प्रतिपादित नजिर, स्थापित मान्यता तथा कतिपयमा कानुनी आधारबिना नै अनुमानमा फैसला गरेको गम्भीर आरोप अख्तियारले लगाएको छ। असफलता दर बढ्नुमा प्रमाणको सही विश्लेषण हुन नसकेकोसमेत अख्तियारको निष्कर्ष छ। अख्तियारले असारदेखि कात्तिक २१ गतेसम्म १२४ थान मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ।
डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको भूकम्पका कारण घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई शान्तिपूर्ण मतदानमा सहभागी गराउन सरकार निरन्तर छलफलमा रहेको बताउनुभएको छ ।
लुम्बिनी प्रदेशमा ठूला राजनीतिक दलका शीर्ष नेताहरूले प्रतिनिधि सभामा उम्मेदवारी दिएसँगै अब प्रदेशको मुख्यमन्त्री को बन्ला भन्ने चासो बढेको छ । करिब साढे तीन वर्ष नेकपा (एमाले)का महासचिव तथा नेता शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रूपमा काम गर्नुभयो । पोखरेल कार्यकालको सबैभन्दा ठूलो उपलब्धि प्रदेशको राजधानी दाङको देउखुरी तोक्ने र प्रदेशको नामकरण गर्ने रह्यो । पाँच वर्ष मुख्यमन्त्री रहिरहने पोखरेलको सपना पार्टी विभाजनसँगै सकियो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराका प्रत्येक चुनावी सभामा डडेल्धुरा प्रदेश (क)का उम्मेदवार खगराज भट्टलाई जिताउन अपिल गर्नुभयो । सबै चुनावी सभामा उहाँले दोहो-याइरहनुभयो, “खगराज भट्टजीलाई जिताउनुस्, मलाई प्रतिनिधि सभा सदस्यका लागि रुखमा मतदान गर्नुहोस् ।”
बुधबार बिहान २ बजेर १३ मिनेटमा बझाङको कालाखेती केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो ।
प्रेमराज सिम्खडा कालीकोट, कात्तिक २२ गते। डोटी केन्द्रबिन्दु भएर मंगलबार राति ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको छ। राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि आइतबार राति ताप्लेजुङ केन्द्र भएर ५ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको थियो। कालीकोटसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले तीनदेखि चार सेकेण्डसम्म भूकम्पको महसुस भएको जानकारी दिनुभयो । भूकम्पले क्षति गरेको विवरण भने आइनसकेको उहाँको भनाइ छ ।