• १९ असोज २०८१, शनिबार

‘निर्वाचनपछि अर्थतन्त्र सकारात्मक दिशातर्फ’

blog

काठमाडौँ, कात्तिक २३ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निजी क्षेत्रका व्यवसायीलाई चुनावको थप माहोल बनाउन सहयोग गरिदिन आग्रह गर्नुभएको छ । मङ्गलबार आयोगको कार्यालयमा आयोजित निजी क्षेत्रसँग अन्तक्र्रिया कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुुभएको हो । 

व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देशहरू प्रवाह गरिदिन आग्रह गर्दै उहाँले आयोगको सामाजिक सञ्जालमा आबद्ध भई आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशहरू आफ्नो साङ्गठनिक संयन्त्र तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरिदिन आग्रह गर्नुभयो । 

व्यवसायीहरूको सहयोग मुलुक र लोकतन्त्रका लागि महìवपूर्ण हुने विश्लेषण गर्दै थपलियाले आ–आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई मतदान गर्न पाउने गरी सहजीकरण गरिदिनसमेत अनुरोध गर्नुभयो । उहाँले हाल देशको अर्थतन्त्र निकै अप्ठ्यारो स्थितिमा रहेका तथ्यहरू विश्लेषण गर्दै निर्वाचनपछि यो अर्थतन्त्र सकारात्मक दिशातर्फ अग्रसर हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

“अहिले तरलताको अभाव, ब्याजदर वृद्धि, बचत घटिरहेको जस्ता अवस्था सुनिन्छ । यसले कतै व्यवसायी पलायन नै पो हुने हो कि ? भन्ने माहोल छ,” थपलियाले भन्नुभयो, “निर्वाचनसँग पनि यसको कुनै न कुनै साइनो छ । यो अप्ठ्यारो स्थितिलाई निर्वाचनपछि सहजतातिर लैजान पनि यसले सहयोग मिलोस् भन्ने हो ।” 

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष चन्द्र ढकालले निर्वाचन सफल बनाउने सन्दर्भमा आयोगले निजी व्यवसायीलाई पनि सम्झिएकोमा खुसी प्रकट गर्दै आफ्नो संयन्त्रमार्फत आयोगको आग्रह कार्यान्वयन गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

यसअघिको स्थानीय निर्वाचनमा मतपत्रमा धेरै निर्वाचन चिह्न हुँदा मतदाता सही ढङ्गले मतदान गर्नेबारे अन्योलमा परेको उल्लेख गर्दै उहाँले यस पटक आयोगले मतपत्रमा गरेको फेरबदलले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष रमेश थापाले निर्वाचन आयोगको आग्रह कार्यान्वयनमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनका दिन यातायातको सहज सञ्चालनमा सहयोग गरिदिन आग्रह गर्नुभयो । कार्यक्रममा सहभागी अन्य व्यवसायीले आयोगको आग्रहबमोजिम आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

सरकारी कागजातका आधारमा मतदान 

निर्वाचन आयोगले मतदाता नामावलीमा समावेश भएका नागरिकलाई मतदाता परिचयपत्र नभए पनि सरकारी कागजातका आधारमा मतदानमा सहभागी गराउने निर्णय गरेको छ । 

अघिल्ला निर्वाचनमा जस्तै आयोगले यो पटक पनि फोटो टाँसिएका सरकारी पहिचान खुल्ने कागजातका आधारमा मतदान गर्न सकिने व्यवस्था मिलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी गराउनुभयो । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता परिचयपत्रसँगै परिचय खुल्ने अन्य कागजपत्रबाट मतदान गर्न पाउने व्यवस्था गरेको उहाँले बताउनुभयो । 

नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाई यकिन गरेर मतदान गर्न सकिने आयोगले जनाएको छ । परिचय खुल्ने कागजपत्र देखाएर अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको प्रवक्ता पौडेलले बताउनुभयो । 

निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको÷नासिएको अवस्था भएमा परिचय खुल्ने परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।