• १ जेठ २०८२, बिहिबार

भ्यान दुर्घटनामा दुई जना घाइते

blog

दुर्घटना ग्रस्त भ्यान । तस्बिरः नौरते नेपाली

नौरते नेपाली

सिँजा (जुम्ला), जेठ १ गते । कर्णाली राजमार्ग अन्तर्गत नाग्मदेखि जुम्लाबजार आउँदैगरेको भ्यान दुर्घटना हुँदा चालकसहित दुई जना घाइते हुनुभएको छ । तिला गाउँपालिकाको गाडगुडेनिनजिक क १ ज ३७ नम्बरको भ्यान दुर्घटना हुँदा वर्ष २० का चालक दिनेश नेपाली र हिमा गाउँपालिका –६ पाथरखोलाका वर्ष ५५ का धनराज अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक रोहित रसाइलीले जानकारी दिनुभयो । 

घाइते चालक नेपाली र अधिकारीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । भ्यान सडकदेखि २ सय मिटर तल नदीमा खसेको छ । दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।