प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको खबरले स्तव्ध भएको बताउनुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विगतमा ललितपुरसहित देशको विकास र जनजीविका विषयमा पु¥याएको योगदानका आधारमा आफूलाई जनताले मतदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
तीन सुरक्षा निकायका एक लाख ८२ हजार सुरक्षा जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालित छन् । अहिले आवश्यकताका आधारमा धेरै सुरक्षाकर्मी निर्वाचन सुरक्षामा परिचालित भइसकेका गृह मन्त्रालयले जनाएको छ ।
रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मङ्गलबार पनि पुनः दोहोर्याएको छ ।
गएराति आएको भूकम्पका कारण बैतडीका विभिन्न स्थानमा घरहरु चर्किएका छन् । पुराना तथा जीर्ण घरहरु चर्किएका छन् भने कतिपय ठाउँमा नयाँ घरहरुमा समेत चिरा परेका छन् ।
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङलाई आवश्यक सबै मतपत्र आइपुगेको छ । उक्त निर्वाचनमा प्रयोग हुने प्रत्यक्ष तथा समानुपातिकतर्फको सबै मतपत्र ताप्लेजुङ आइपुगेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले गए राति डोटीको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँमा केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी घाइते भएकाहरूको यथाशीघ्र अस्पतालसम्म पर्याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
नेपालका विविध जातजातिमध्ये पर्दछ चिडीमार। वि.सं २०५८ को राष्ट्रिय जनगणनाअनुसार मुलुकमा रहेका एक सय एक जातिमध्ये चिडीमार ७०औँ बढी जनसङ्ख्या भएको जाति हो, त्यतिबेला यसको सङ्ख्या १२ हजार २९६ थियो। तर २०६८ सालको जनगणनामा यस जातिको कुल सङ्ख्या एक हजार २५४ मात्र देखाइएकाले एक दशकमा चिडीमारको सङ्ख्या कुन गतिले घटेको होला र भन्ने प्रश्न उठ्छ।
हृदय तलका, नाता माया, नझर्न दिनू रवि अमर कृतिझैँ, बाँच्ला प्याला, यही सुखले कवि असल मृदु होस्, हाँस्दा हाँस्दै, ललाट महान् कुनै मरण जब होस्, यौटै सत्मा, म बाँच्न सकूँ सधैँ ।।१।।
गत भदौ २४ मा प्रदर्शनमा आएको एउटा बाल चलचित्रले निकै चर्चा बटुल्यो । बाल मनोविज्ञानमा आधारित उक्त फिल्मको नाम हो– ‘ऐना झ्यालको पुतली’ । यो यतिबेला चलचित्र क्षेत्रकै चर्चित एकेडेमी (अस्कर) अवार्डको अर्को वर्ष हुने प्रतिस्पर्धाका लागि नेपालबाट सिफारिस गरिने भएको छ । यो त झनै खुसीको कुरा हो । विदेशका विभिन्न सहरमा पनि प्रदर्शन भइरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले डोटी भूकम्पमा परेका पीडितहरूको तत्काल उद्धार र राहतको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले भूकम्पमा परि मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु भएको छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा बदर मतको दर घटाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी तथा मतदाता शिक्षा जिल्लास्तरीय समितिका संयोजक वेदनिधि अधिकारीको संयोजकत्वमा बसेको बैठकले जिल्लाका आठवटै स्थानीय तहमा मतदाता शिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र तथा साना दलहरू घरदैलोमा व्यस्त छन् भने ठूला दलका उम्मेदवारहरू भने सभा र प्रशिक्षणमा व्यस्त देखिएका छन्। मतदानको दिन नजिकिँदै जाँदा राजनीतिक दललाई चुनावी प्रचारप्रसार भ्याइनभ्याइ हुन थालेको छ।