प्रधानमन्त्री शेरबहादुर देउवाले डोटी भूकम्पमा परेका पीडितहरूको तत्काल उद्धार र राहतको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले भूकम्पमा परि मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु भएको छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा बदर मतको दर घटाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी तथा मतदाता शिक्षा जिल्लास्तरीय समितिका संयोजक वेदनिधि अधिकारीको संयोजकत्वमा बसेको बैठकले जिल्लाका आठवटै स्थानीय तहमा मतदाता शिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र तथा साना दलहरू घरदैलोमा व्यस्त छन् भने ठूला दलका उम्मेदवारहरू भने सभा र प्रशिक्षणमा व्यस्त देखिएका छन्। मतदानको दिन नजिकिँदै जाँदा राजनीतिक दललाई चुनावी प्रचारप्रसार भ्याइनभ्याइ हुन थालेको छ।
बागलुङको काठेखोला गाउँपालिका–२, भीमापोखराकी स्वास्थ्य स्वयंसेविका भविकला थापाको झोलाभरि हिजोआज मतदाता शिक्षासँग सम्बन्धित सामग्री भेटिन्छ । स्वास्थ्य स्वयंसेविकाको निर्धारित काम स्वास्थ्य सचेतना भए पनि आमनिर्वाचनको मिति नजिकिएसँगै उहाँको भूमिका फेरिएको छ ।
गठबन्धनका साझा उम्मेदवार युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज र नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य ढकालबीचको प्रतिस्पर्धा रोचक बनेको छ। बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार गहतराज नेकपा (माओवादी केन्द्र)का नेता हुनुहुन्छ।
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको भूकम्पका कारण डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पले पूर्वी चौरमा ठुलो क्षति पुर्याएको छ ।
आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदाता शिक्षा कार्यक्रमअन्तर्गत रुकुमपूर्वमा नमुना मतदान गरिएको छ। सोहीअनुसार नमुना मतदानमा देखिएका कमी–कमजोरी सच्याउन साथै मतदानको प्रक्रिया, मतपत्रमा स्वस्तिक छाप र मतपेटिकामा मत खसाल्नेसम्मको अभ्यास गराइएको छ।
कैलारी गाउँपालिका–७, भुइयाँफाँटाका महावीर चौधरी अव्यवस्थित रूपमा बसोबास गरेको डेढ वर्ष पुग्न लाग्यो। २०६५ को बाढीका कारण विस्थापित उहाँको परिवार रामपुर क्षेत्रमा अव्यवस्थित बसोबासीका रूपमा बस्दै आएको छ। चौधरीले भन्नुभयो, “यहाँ बसेको १४ वर्ष पुगिसक्यो तर जग्गाको लालपुर्जा मिलेको छैन।”
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले स्वतन्त्र उम्मेदवार सागर ढकाललाई प्रचारप्रसारमा कुनै बन्देज नलगाएको प्रस्ट पारेको छ। जिप्रकाले विज्ञप्ति जारी गर्दै आचारसंहिताको पूर्ण पालनासाथ राजनीतिक दल र उम्मेदवारले गर्ने प्रचारमा स्थानीय प्रशासनबाट कुनै पनि प्रकारको अवरोध नगरिएको प्रस्ट पारेको छ।
सिन्धुली जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को चुनावी वातावरण तात्न थालेको छ। यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले)को २५ वर्षे विरासत भत्काउने दाउमा नेपाली कांग्रेस लागेपछि निर्वाचनको वातावरण निकै रोचक बन्दै गएको छ। उक्त निर्वाचन क्षेत्रमा अहिले सत्तारूढ गठबन्धनबाट कांग्रेसका श्यामकुमार घिमिरे र एमालेबाट प्रदीपकुमार कटुवाल प्रतिस्पर्धामा हुनुहुन्छ।
वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्यअनुसार दोलखामा खटिएको टोलीले चार महिनामा करिब एक लाख राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। गत असार १ देखि कात्तिक ५ गतेसम्म खटिएका ३५ टोलीले यहाँका ७४ वटै वडाबाट ९१ हजार ८६६ राष्ट्रिय परिचयपत्र वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। वडाबाट वितरण गरिए पनि जिल्ला प्रशासन कार्यालयबाट साउनदेखि असोजसम्म एक हजार ४७९ राष्ट्रिय परिचयपत्र वितरण गरिएको जानकारी दिँदै कार्यालयका सूचना अधिकारी औलाखबहादुर आलेले भन्नुभयो, “कार्यालयमा राष्ट्रिय परिचयपत्र लिनेको भीड कम भएको छैन।”
कलाकार तथा गायक राजु ढुङ्गेलको मौलिक पञ्चेबाजामा आधारित ‘माइतीघर’ बजारमा आएको छ। गायक ढुङ्गेलले आफैँले संरक्षण गरेको भाका माइतीघरमा ढुङ्गेलको सङ्गीत छ।
नेवार समुदायले मङ्गलबार कार्तिक पूर्णिमा अर्थात् ‘सकिमना पुन्ही’ (पिँडालु उसिन्ने पूर्णिमा) मनाएको छ। यस दिन सकी अर्थात् पिँडालु तथा सखरखण्ड उसिनेर खाने प्रचलन छ। संस्कृतिविद्हरूका अनुसार नेवार समुदायले ऋतुअनुसारको उब्जनी आफ्नो इष्टदेवलाई चढाएर मात्र खाने प्रचलन छ। नेवार समुदायले पिँडालु, सखरखण्डलगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने गर्दछ। यसले शरीरमा ताकत उत्पन्न भई शरीर स्वस्थ हुने जनविश्वास छ।