• १३ साउन २०८१, आइतबार

भूकम्पपछि डोटी पूर्वी चौकी (फोटो फिचर)

blog

भूकम्पपछि डोटी पूर्वी चौकी । तस्बिर सौजन्य: नेपाली सेना

डोटी, कात्तिक २३ गते । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको भूकम्पका कारण डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पले पूर्वी चौरमा ठूलो क्षति पुर्‍याएको छ । 

मङ्गलवार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले यहाँसहित ग्रामीण भेगका दर्जनौँ घरहरू भत्किएका छन् । राति ९ बजेर ७ मिनेटमा सोही ठाउँ केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पाँच घण्टाको फरकमा पटक पटक गरी ७ पटक भूकम्पको झट्का गएको थियो ।


तस्बिर सौजन्य: नेपाली सेना, भैरव प्रसाद गण