• १३ साउन २०८१, आइतबार

डोटी केन्द्रबिन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प

blog

प्रेमराज सिम्खडा 

कालीकोट, कात्तिक २२ गते। डोटी केन्द्रबिन्दु भएर मंगलबार राति ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको छ। 

राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर  ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प  गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि आइतबार राति ताप्लेजुङ केन्द्र भएर ५ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको थियो। 

कालीकोटसहित सुदूरपश्चिम प्रदेशका सबै  जिल्लामा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । 

कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले तीनदेखि चार सेकेण्डसम्म भूकम्पको महसुस भएको जानकारी दिनुभयो । भूकम्पले क्षति गरेको विवरण भने आइनसकेको उहाँको भनाइ छ ।