• १९ असोज २०८१, शनिबार

प्युठानमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, १२ घाइते

blog

दुर्घटनाग्रस्त जिप । तस्बिर: सुजल श्रेष्ठ

प्युठान, कात्तिक २३ गते । पूर्णिमाको मेला हेरेर फर्किएको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । लु१ज ३७०७ नम्बरको जिप प्युठान नगरपालिका– ५ पूर्णा गाउँ कुना पानीमा राती १२ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक शुसिल थापा मगरले जानकारी दिनुभयो ।

दुर्घटनामा प्युठान नगरपालिका–५ बस्ने ५२ वर्षीया मैमा घर्ती, ४३ वर्षीया बच्ची थापा र ४६ वर्षीय खुमन थापाको घटना स्थलमै मृत्यु भएको थापामगरले जानकारी दिनुभयो । दुर्घटनामा १२ जना घाइते भएका छन् । ६ जनाको जिल्ला अस्पताल उपचार भई रहेको र बाँकी छ जनालाई बुटवल पठाइएको छ । 

गाडी चालक सम्पर्कमा आएका छैनन् । प्युठान नगरपालिका–१ खैरामा लाग्ने पूर्णिमा मेला हेरेर फर्किएका व्यक्तिहरू दुर्घटनामा परेको स्थानीय लछुमन भण्डारीले बताउनुभयो ।

Author

सुजल श्रेष्ठ