हरेक दिन अर्काको काम गरेर आफ्नो ज्याला बुझ्ने कामदारले पनि आफूले काम गरेको हाजिरी नजनाई घर फर्किंदैनन् तर रामेछापको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखलगायतका कर्मचारी भने स्वयं हाजिर नै नगरी लामो समयदेखि तलब भत्ता बुझिरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने, स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठ र स्वास्थ्य शाखाका सिनियर अनमी वसुन्धरा सुवेदीले विगत लामो समयदेखि कार्यालयको रजिस्टरमा हाजिर नै नगरी तलब भत्ता लिइरहेको पाइएको छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन)को प्रतिवेदन शुक्रबार आउने भएको छ । पुस १७ गतेदेखि व्यावसायिक सञ्चालनमा ल्याउने तयारी रहेको उक्त विमानस्थलमा एरोथाईको टोलीले मङ्सिर ५ देखि ११ गतेसम्म क्यालिब्रेसन उडान गरेको थियो । विमानस्थलमा जडान भएका नेभिगेसन (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)ले काम गरे नगरेको परीक्षण प्रतिवेदनका आधारमा विमानस्थलमा परीक्षण उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
तनहुँ हाइड्रो पावर लिमिडेड अन्तर्गतको तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ४ मा ३३÷११ केभीको घिरिङ सबस्टेसनको निर्माण कार्य सम्पन्न भएको छ।
निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरेर योजना अलपत्र परेका खबर सार्वजनिक भइरहेका छन्। तर, यहाँको एक झोलुङ्गे पुलको योजना भने सम्झौता मिति अगावै निर्माण व्यवासयीले सम्पन्न गरेर उदाहरण प्रस्तुत गरेका छन्।
पाल्पाको तानसेन–१२, लुहुङमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका–५, मानेभन्जयाङ्गस्थित आफूले विद्यालय शिक्षा आर्जन गरेको विद्यालय बेहेरेश्वर माविका विद्यार्थीसँग बुधबार सामूहिक तस्बिरमा सहभागी हुनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू छिट्टै प्रधानमन्त्री बन्ने बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुरका सांस्कृतिक एवं पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकासमा ध्यान केन्द्रित हुनुपर्ने बताउनु भएको छ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ (निफ) को आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।
आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सुरु भएको छ ।
काँक्रेविहार संरक्षित क्षेत्रको जग्गा बाहिर नछोडी सिमानामै पर्खाल लगाउन उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समाजका सबै खाले विभेदविरुद्ध एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ ।
झापाको दमक नगरपालिकाले फोहोरबाट उत्पादित हुने ग्याँसको प्रयोगका लागि ‘रिफिल स्टेसन’ बनाउने निर्णय गरेको छ ।
ओझेलमा परेको मेची रङ्गशालालाई थप व्यवस्थित गर्दै प्रचार प्रसार गर्ने उद्देश्यले भद्रपुर गोल्डकपको आयोजना हुने भएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक अर्काको सह–अस्तित्व स्विकारेर काम गर्नु नै विकासको मेरुदण्ड रहेको बताउनुभएको छ।