भक्तपुरको जगातीबाट नयाँ ठिमीमा सरेको उक्त कार्यालयमा ठाउँको अभावका कारण सडक पेटीदेखि नै सेवाग्राही लाईनमा बसेको देखिन्छ ।
घटना–दुर्घटना केही त हुन सक्थ्यो त्यहाँ । मानिसहरू गुरुप्प उभिएका थिए । चुरोटको पातलोपातलो धुवाँ पनि उडिरहेको थियो । गन्ध यहाँसम्म आइरहेको थिएन । चुरोट नखाएर खैनी माड्नेहरू पनि देखिए टाढैबाट, हात चलाइराखेका । नजिक पुगेपछि खार पनि लाग्यो । बिहानबिहानै यसरी जमघट हुनुको कारण के होला ? जिज्ञासा जाग्नु थियो । ऊ त्यहाँ पुग्यो र देख्यो, एउटा मानिस मन्द स्वरमा गीत गाइरहेको थियो । मानिस यस्तो जाडोको बिहानीमा भुइँमा बसेर गीत गाइरहेको थियो भन्नाले ऊ निकै मानसिक अवस्था बिग्रेको एक भावुक व्यक्ति थियो जसलाई जाडोको परवाह थिएन न मानिसहरूको भीडको । गीत त गाइरहेको थियो मन्द स्वरमा तर उसले गीतको बोल बुझेन । व्यक्ति यो चाहन्थ्यो होला, गीत अरूले नबुझुन् ।
चियापान पनि गर्न पाइने, ठूलाठूला साहित्यकार पनि भेट्न पाइने, मौका मिले लेखेका कुरा छोड्न पनि पाइने । यी सबैको केन्द्रबिन्दु थियो मधुपर्कको कार्यालय, प्रमुख हुनुहुन्थ्यो यसका सम्पादक कृष्णभक्त श्रेष्ठ । सानो साँघुरो लाग्ने कार्यालय कक्ष भए पनि अटाई नअटाई साहित्यकार, कलाकार जम्मा भएका हुन्थे सबै खाले । प्रोत्साहनका शब्दका स्वागत आतिथ्य दर्शाउनुहुन्थ्यो उहाँ । गोरखापत्रमा काम गर्ने केही सम्पादक पनि देखापर्थे त्यहाँ । त्यही पहिलो पटक देख्न पाएको थिएँ साहित्यकार कुमार ज्ञवाली, मनु ब्राजाकी आदि आदिलाई । अब यो इतिहास भइसक्यो, नमीठो सत्य भेटिएका ती पात्र अब यो धरामा हुनुहुन्न । त्यतिबेलाका मियोजस्तै बन्नु भएका कृष्णभक्त श्रेष्ठ काठमाडौँको धुम्बाराहीमा बसेर विगत सम्झिरहनु भएको छ, नमीठो वर्तमान टेकेर । लेख्न नसकेको, चित्तबुझ्दो लेख्न नसकेको, उमेर, शरीरले चाहेर पनि लेख्न नसकेको, हात नचल्ने अवस्था, उठेर हिँड्न र उठेर बस्न पनि सकसको अवस्था, मानौँ सबै कुराले दुःख दिएको छ । कविताको क्षेत्रमा अविरल योगदान दिएर अनायास रोकिन पुगेको छ उहाँको कलम । दुई दुई पटक मृत्युलाई जित्न सकेको मान्छे, कविता लेखेर धेरैको मन जित्नु भएका उहाँले आफँैलाई जित्ने लेख्न नसक्ने हो भने लेखिरहनुको अर्थ देख्नुभएन, त्यसैले पछिल्ला समय लेख्नुभएन । उही कुरा लेखिरहने हो भने किन लेख्नु ?
गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भएपछि बन्द भएको पोखरा–जोमसोम उडान अझै सञ्चालन हुन सकेको छ । दुर्गम क्षेत्रमा सेवा दिदै आएको निजी वायूसेवा कम्पनी तारा एयरले अघोषित रुपमा सेवा वन्द गरेपनि उठान ठप्प भएको छ ।
कैलालीको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो । यसअघि प्रसूति र हाडजोर्नी सम्बन्धि शल्यक्रिया गरिँदै आएकामा अस्पतालले एक हप्तादेखि आफ्नो सेवा विस्तार गरेको छ । टीकापुर अस्पतालबाट अब हाइड्रोशिल, हर्निया, पत्थरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत र पानी भरिएका बिरामीको शल्यक्रिया सेवा थालेको छ ।
नेपाली उद्योगहरूको उत्पादन क्षमता खस्कँदै गएको पाइएको छ । बढ्दो ब्याजदर र मागमा आएको कमीका कारण उद्योगहरूको आय खुम्चन पुगेको नेपाल उद्योग परिसङ्घले गरेको एक अध्ययनले देखाएको छ । नेपालका उद्योगहरूको औद्योगिक गतिविधिको अध्ययन गरेर तयार पारिएको औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अङ्कअनुसार आर्थिक वर्ष २०७८÷७९ को तेस्रो त्रैमासिक विवरणअनुसार उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको ६६.८१ प्रतिशत मात्रै उपयोग गर्न सकेका छन् जुन अघिल्लो त्रैमासमा ७१ प्रतिशत थियो ।
गण्डकी प्रदेश होमस्टे सञ्चालन कार्यविधि २०७५ अनुसार एक तिहाइ होमस्टे मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ । मापदण्डअनुसार पाहुनाको लागत हरेक घरमा कम्तीमा एक कोठा र दुई बेड हुनुपुर्ने, बढीमा चार कोठा र आठ बेड मात्र राख्न पाइने, शौचालय र स्नानगृहको अनिवार्य व्यवस्था हुनुपर्नेलगायत मापदण्ड पूरा होमस्टे दर्ता गराउनुपर्छ । त्यो मापदण्ड औसत ६७.५ प्रतिशत मात्र पूरा भएको छ ।
जुवा खेल्न उक्साउने र उक्साहटमा परेपछि तिनैलाई मिटर ब्याज (चक्रवृद्धि ब्याज)मा पैसा लगाउने गरेको घटना सार्वजनिक भएको छ । यस्तो आपराधिक कार्यमा एउटा समूहले चेक काट्न लगाएर चेक अनादर (बाउन्स) गर्ने र असुल्नका लागि अपहरण, कुटपिटसमेत गर्ने गरेको पाइएको छ । झापा गाउँपालिका–३, सिमलवाडीका ४० वर्षीय अशोक राईलाई चेक बाउन्सको मुद्दा लिएर प्रहरी र बाउन्स गराउने समूह नै बिहान घरमा राईलाई पक्रन आएपछि गाउँलेसँग झडप नै भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वित्तीय प्रगति करिब ७६ प्रतिशत रहेको छ । मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को चौथौ त्रैमासिक प्रतिवेदनअनुसार सो प्रगति देखाइएको हो । आर्थिक वर्षको अन्तिमसम्म ८० प्रतिशत वित्तीय प्रगति हुने अनुमान कृषि मन्त्रालयले गरेको थियो तर त्यो लक्ष्य हासिल गर्न सकेको छैन ।
झापाको दमक नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट पास नभएपछि दैनिक काम कारबाही र राजस्व उठाउने विषयमा अन्योल भएको बताइएको छ । ११ औँ नगर सभाको चौँथो बैठकमा नेकपा एमालेका नगर सभा सदस्यहरू उपस्थित नभएपछि नगर सभा सुरु भएको दुई मिनेटमा नै स्थगित भएको हो ।
सप्तरी जिल्लामा चालू आर्थिक वर्षमा पन्ध्र सय ३१ महिला माथिको हिंसाको घटनामध्ये १७१ वटा घरेलु हिंसाको घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाउँछ । जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रहरीमा गएको घटना सङ्ख्या ६३, सिधँै प्रहरीमा गएको घटना सङ्ख्या ५८ वटा र पीडितले सीधा अदालत पुगेर दर्ता गराएका मुद्दा ५० गरी घरेलु हिंसाको सङ्ख्या जम्मा १७१ पुगेको हो ।
गुल्मीमा शैक्षिक धरोहरका रूपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको नयाँ भवन तथा अन्य भौतिक संरचना निर्माण गरिने भएको छ । रेसुङ्गा नगरपालिका–२ र ७ को साखिनेडाँडामा रहेको कुल १८ रोपनी जग्गामा क्याम्पसको नयाँ भवन तथा भौतिक संरचना निर्माण गरिने भएको हो ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आँगन एउटै छ । एउटै आँगन भएका दुुई भवनमा बसेका सरकारी कार्यालयका अधिकारी यताबाट उता पठाउने उताका आउला भनेर कुरेको दुई वर्षभन्दा बढी भयो तर मन्त्रालयको चिठी संसदीय समितिमा पुुग्न सकेको छैन । पर्यटन मन्त्रालय मातहत रहेको तारागाउँ विकास समितिले उक्त मन्त्रालयमार्फत संसद् सचिवालयको दोस्रो तलामा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई २०७७ जेठ १९ गते लेखेको पत्र अझै समितिको टेबुुलमा पुुग्न सकेको छैन ।
तीन वर्षीय मोहन ठगुन्नालाई मुटुरोगले च्यापेको चार महिना भयो । बैतडी अस्पतालले उपचारका लागि बाहिर लान रेफर गरेको तीन महिना बितिसकेको छ । उपचार गर्ने रकम त परको कुरा, बालकका आमाबुवासँग काठमाडौँसम्म पुग्ने बसभाडासमेत नहुँदा मुटुरोगी बालक घरमै थन्किएका छन् ।
नेपालमा सञ्चालित बीमा कम्पनीहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले घट्ने भएको छ । नियामक बीमा समितिले कम्पनीलाई पुँजी वृद्धिका लागि नयाँ निर्देशन दिएपछि कम्पनीहरू मर्जरमा लाग्दा सङ्ख्या घट्ने भएको हो ।