मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको धुलियाबिट–भेडाबारी सडकको २५ प्रतिशत काम सम्पन्न भएको छ। करिब डेढ वर्षअघिदेखि सुरु भएको सो सडक निर्माणको काम अहिलेसम्म २५ प्रतिशत मात्र कार्यप्रगति भएको हो। नेपालका पूर्व–पश्चिम जोड्ने राजमार्गहरूमध्ये मदन भण्डारी राजमार्गलाई चौथो राजमार्गका रूपमा घोषणा गरिएको छ। यो राजमार्गले एक हजार दुई सय किलोमिटर पूर्व–पश्चिम नेपाललाई जोड्नेछ। विभिन्न १० वटा टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म पु-याउने गरी मदन भण्डारी राजमार्ग निर्माण भइरहेको छ।
निर्वाचन सम्पन्न भएसँगै कर्णाली प्रदेश सरकार गठनका विषयमा चासो बढेको छ। प्रदेशमा बन्न सक्ने सम्भावित समीकरणबारे चर्चा हुन थालेको छ। ४० सदस्यीय प्रदेश सभामा २४ जना प्रदेश सभा सदस्य प्रत्यक्ष निर्वाचित भएका छन् भने १६ जना समानुपातिक प्रणालीबाट चुनिनेछन्। प्रत्यक्षका २४ सिटमध्ये नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नौ/नौ सिट जितेका छन्।
कमलबजार नगरपालिकाका ४७ प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर रहेका छन्। नगरपालिकाका ५३ प्रतिशत जनसङ्ख्या मात्रै खानेपानीको सहज पहुँचमा भएको कर्णाली जल परियोजनाका विष्णु पोखरेलको भनाइ छ।
बैतडीको दोगडाकेदार र सुर्नया गाउँपालिकाबीच खानेपानी मुहानका विषयमा विवाद सिर्जना भएको छ। विवादले गर्दा दुवै पालिकाले सो मुहानको पानी प्रयोग गर्न पाएका छैनन्। सो आयोजनाका लागि तीन आर्थिक वर्षदेखि बजेट विनियोजन हुँदै आएको भए पनि मुहान विवादका कारण योजना बन्न नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमखु कृष्णबहादुर बोगटीले जानकारी दिनुभयो।
रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाको फोहोर व्यवस्थापन गर्नेगरी रुपन्देहीको सैनामैनामा ‘खोरमोर फोहोर प्रशोधन केन्द्र’ निर्माण हुने भएको छ। फोहोर प्रशोधन केन्द्र निर्माणका लागि नेपाल सरकारबाट जग्गा भोगाधिकार प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको सैनामैना नगरपालिकाले जनाएको छ। रुपन्देहीको सैनामैना नगरपालिका–१०, खोरमोरमा प्रस्ताव गरिएको फोहोर प्रशोधन केन्द्रको रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभाका नवनिर्वाचित सांसद वासुदेव घिमिरेले स्थलगत निरीक्षण गरी तत्काल निर्माणको काम अघि बढाउन पहल थाल्ने बताउनुभएको छ। खोरमोर प्रशोधन केन्द्र निर्माणका लागि बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाले सम्झौता गरी काम अघि बढाएका छन् भने पछिल्लो पटक प्रशोधन केन्द्रमा तीन जिल्लाको फोहोर प्रशोधन गर्ने प्रक्रिया अघि बढेको छ।
सत्ययुगमा महादेवको जन्मभूमि रहेको मानिने दोलखाको बिगु गाउँपालिका–१ मा पर्ने देउलाङ्गेश्वर पवित्र भूमि हुँदाहुँदै पनि ओझेलमा परेकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्वस्थानी व्रत कथामा वर्णित सन्न्यासी रूपी महादेव र सतीदेवी एक रात बसेको र खरको भित्ता च्यातेर देखाएको पवित्र स्थानमा कोही कसैको नजर नपुगेकोमा स्थानीय बासिन्दा चिन्तित बनेका हुन्। सत्य युगकै पवित्र देउलाङ्गेश्वर ओझेलमा पर्नु दोलखाली ठगिनु पनि हो। वडाध्यक्ष मेमबहादुर तामाङले भन्नुभयो, “स्थानीय र पुरातìव विभागसमेतले खासै चासो नदिँदा ओझेलमा परेको हो।”
विकेन्द्रीकरणको सन्देश बोकेको परेवा जसले उडाउँदै छ उसैले परेवालाई डोरीमा बाँधिरहेको छ । सङ्घीय सरकारको रबैयाप्रतिको कटाक्ष अविन श्रेष्ठको यस कार्टुनमा रहेको छ । स्थानीय सरकारले पुरापुर कार्यभार पाएको छ तर स्रोतको कमीले सामान जोख्ने भाँडो पूरै कार्यभारतर्फ झुकेको छ । कार्यभार र स्रोतको सन्तुलन मिल्न नसकेको अवस्थाप्रति कार्टुनिस्ट वासु क्षितिजको यो व्यङ्ग्य हो । त्यस्ता अनेकौँ कार्टुन जुन स्थानीय सरकारले गर्नुपर्ने काम र काम गर्ने दौरानमा भए गरेका विकृति विसङ्गतिमा केन्द्रित रहेका छन् ।
बलिउड अभिनेता विवेक ओबराय नेपाल आउनुभएको छ । उहाँ एक साताका लागि नेपाल आउनुभएको हो । ओबराय हिजो साँझ ६ बजे परिवारसहित नेपाल आइपुग्नुभएको हो । नेपालमा उहाँले सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौँको पशुपतिलगायतको भ्रमण गर्नुहुने बताइएको छ ।
सरकारले तोकेको न्यूनतम मूल्यमा धान खरिद गर्न किसानका विभिन्न सङ्घसंस्थाले आग्रह गरेका छन् । समर्थन मूल्य निर्धारण गरेर सरकारले खरिद नगर्दा किसानको उत्पादन व्यापारीले मनलाग्दी मूल्यमा खरिद गर्ने गरेका हुन् ।
विधायिका कानुन बनाउने प्रमुख निकाय हो तर विधायिका क्रियाशील नभएका बेला तत्काल केही कार्यसम्पादन गर्नुपर्दा कार्यकारिणीलाई संविधानले कानुन ल्याउने सुविधा दिएको छ। त्यस्तो सुविधा अध्यादेश हो र अध्यादेश सधैँका निम्ति रहँदैन। विधायिकाको अधिवेशन बसेपछि त्यहाँ पेस गर्नुपर्छ। विधायिकाले पारित नगरे समयसीमासँगै आफैँ निष्क्रिय हुन्छ। वर्तमान सरकारद्वारा मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्न राष्ट्र प्रमुखसमक्ष पुगेसँगै यो विषय निकै चर्चामा आउन थालेको छ। यो अध्यादेश चर्चित रहेको मुख्य कारण अदालतमा विचाराधीन मुद्दा आवश्यक परेमा सरकारले फिर्ता लिन सक्ने थप संशोधन नै हो। शायद राजनीतिक प्रकृतिका मुद्दामा यस्तो प्रावधान राख्न खोजिएको हुन सक्छ र तर यो अध्यादेश ल्याउनु पर्ने आधार भने विगतसँग जोडिएको छ।
नेपाली कांग्रेससँग गठबन्धन गरेर प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा होमिएको नेकपा माओवादी केन्द्रले चुनावको पूर्ण परिणामसमेत आइनसक्दै कांग्रेसबाहेकका अन्य दलसँग समेत मिलेर सरकार बनाउन सक्ने विकल्प खुला भएको भनी बैठकमा छलफल भएको कुरा बाहिर चुहायो । उसले प्रस्टसँग कुनै दलको नाम नलिए पनि उसको खुला विकल्पको अर्थ माओवादीको एमालेसँग पनि सरकार बन्न सक्ने भन्ने सङ्केत गरी कांग्रेस तर्साउने अस्त्रको रूपमा विकल्पलाई प्रयोग ग¥यो। जब कि त्यही एमालेसँग दुई वर्ष अगाडि मात्र छुट्टिएर माओवादी केन्द्र अलग भई कांग्रेससँग सरकार र चुनावमा गठबन्धन गरेको थियो।
मङ्सिर ४ गतेको आमनिर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टीको रूपमा उदाएको छ भने नेकपा एमाले दोस्रो पार्टी बनेको छ। अबका दिनमा चुनाव अगाडिका गठबन्धनले झिनो बहुमतका साथ सरकार बनाउने अवस्था देखिन्छ। नेपाली कांग्रेस ८९, माओवादी केन्द्र, ३२, एकीकृत समाजवादी १०, लोसपा चार राष्ट्रिय जनमोर्चा एक समेत १३६ मा केही स्वतन्त्र र जनमत पार्टीलाई जोड्दा गणितीय रूपमा सरकार गठबन्धन बन्ने देखिन्छ। यदि उनीहरूमा अहिलेको जस्तो एकता रहेमा पाँच वर्ष यही गठबन्धनले सरकार चलाउन सक्छ।
पेरुमा उपराष्ट्रपति डिना बोलुआर्ते राष्ट्रपति बनिन्। एक दिनको राजनीतिक घटनाक्रमले उनलाई राष्ट्रपति बन्ने सौभाग्य मिल्यो। राष्ट्रपति पेड्रो क्यास्टिओलाई संसद्ले महाभियोग लगाएर पदमुक्त गरेसँगै बोलुआर्ते पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी हुन्। राष्ट्रपति क्यास्टिओले डिसेम्बर ७ मा संसद् भङ्ग गर्न लागेको सूचना पाएपछि आपत्कालीन संसद् बैठक बोलाइएको थियो । संसद्ले उनीविरुद्ध महाभियोग लगाएर पदमुक्त गरेपछि उनलाई प्रहरी हिरासतमा राखिएको छ।
बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष समानुपातिक सूची बुझाएपछि सदस्य सङ्ख्याले कानुनतः वैधानिकता पाउनेछ। जसअनुसार राष्ट्रियस्तरमा नेपाली कांग्रेस सबभन्दा बढी मत ल्याउन सफल भएको छ। एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बन्न सफल भएका छन्। क्षेत्रीय दलका रूपमा उदाएका मधेशकेन्द्रित दल भने यस पटक खुम्चिएका छन्।