सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या दोब्बरले बढेको छ। सन् २०२२ को गणनाअनुसार यो निकुञ्जमा बाघको सङ्ख्या ३६ पुगेको हो। यसअघि, सन २०१८ मा गणना गर्दा शुक्लाफाँटामा बाघको सङ्ख्या १६ रहेको थियो
शहरी विकासमन्त्री मेटमणी चौधरीले धरान उपमहानगरपालिकाको भ्रमणको क्रममा धरानको मुख्य समस्या खानेपानीको समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताउनुभएको छ । शुक्रवार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवम् प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम सुवेदीले बीमा रकमका लागि नक्कली विवाह गरेर हत्या भएको घटनालाई अनौठो रहस्यभित्रको अपत्यारिलो अपराध भन्नुभएको छ।
तुलसीपुर उपमहानगरपालिकाले विपद् प्रतिकार्य योजनाअन्तर्गत प्रत्येक वडामा सञ्चार सेट (वाकीटकी) वितरण गर्नेभएको छ । विपद्को समयमा इन्टरनेट अवरुद्ध भई सुरक्षा टोलीसँग सूचना समन्वय गर्नका लागि सञ्चार सेट वितरण गर्न लागिएको हो ।
काठमाडौं, साउन १३ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने बताउनुभएको छ। शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पार्नुभएको हो। सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैन भन्ने समाचार आएको भन्दै उहाँले त्यसको खण्डन गर्नुभयो। उहाँले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरुले छलफल नगरेको उल्लेख गर्नुभयो। अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको प्रष्ट पार्नुभएको छ। उहाँले चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्र बनाउने विषयमा छलफल चलेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन। बन्दै छैन। हामीले समाजवादी केन्द्र बनाउने गरी छलफल पनि भएको छैन। केही-केही साथीले समाजवादी केन्द्रको कुरा उठाउनु भएको हो। तर, हाम्रा बैठकमा समाजवादी केन्द्र तत्काल बन्ने भन्ने कुरा भएको होइन। चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति भएर एउटै घोषणा–पत्र बनाउन सकिन्छ कि भन्ने छलफल चलेको छ। तर, छलफल टुंगिसकेको छैन।’’ अध्यक्ष दाहालले वर्तमान सत्तारुढ गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम रहने बताउनु भयो। उहाँले गठबन्धनको आवश्यकता र औचित्य रहँदासम्म निर्वाचनपछि पनि गठबन्धन कायम रहने उल्लेख गर्नुभएको छ। गठबन्धनबाटै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने र नयाँ परिस्थिति बनाउने उहाँको भनाइ छ। अध्यक्ष दाहालले पूर्वअर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई ल्याएर करको दर हेरफेर नगरेको प्रमाणित भएको बताउनुभयो। संसदीय विशेष छानबिन समितिको रिपोर्टले शर्मालाई निर्दोष देखाएको उहाँको भनाइ छ। उहाँले तत्कालीन अर्थमन्त्री शर्मा र अर्थ मन्त्रालयको कुनै गल्ती नभएको छानबिन समितिको प्रतिवेदन आएको उल्लेख गर्नुभयो। अध्यक्ष दाहालले माओवादी आन्दोलन नै आजको राजनीतिको मुलधार भएको जिकिर गर्नुभयो। उहाँले माओवादी समर्थित पत्रकारको पार्टीको पक्षमा एउटा ट्वीट गर्ने जाँगर पनि नभएको टिप्पणी गर्नुभयो। उहाँले देशमा हालसम्म भ्रष्टाचार नगर्ने माओवादी केन्द्रको नेतृत्वको दुईवटा सरकार मात्र भएको दाबी गर्नुभयो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल नागरिकता विधेयक पारित गरेको भन्दै धन्यवाद प्रकट गरेको छ । नेपालको नागरिकतासम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ संसदको दुवै सदनबाट पारित भएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ प्राध्यापक डा. खड्ग केसीले अमेरिकी स्टेट पार्टनरसिप प्रेग्राम (एसपीपी) का कारण नेपालको असंलग्न परराष्ट्र नीतिमा शंका गर्ने ठाउँ धेरै भएको बताउनुभएको छ । ललितपुरमा आयोजित बदलिँदो भूराजनीतिक अवस्था विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
मधेस प्रदेशमा बढ्दो महिला हिंसाको कारण दाइजो प्रथा रहेकाले यसको न्यूनिकरण गर्न अखिल नेपाल महिला संघले युवा महिला सघ गठन गरेको छ । मधेस प्रदेशको आठ जिल्लामा घरपरिवार, समाज र पुरानो संस्कृतिका कारण समेत हिंसा बढिरहेकाले यसतर्फ अखिल नेपाल महिला संघको ध्यान केन्द्रित भएको सो संस्थाले जनाएको छ ।
अमेरिका र चीनका राष्ट्रपतिबीच शुक्रबार साढे दुई घण्टा कुराकानी भएको छ । भिडियो माध्यममार्फत भएको कुराकानी द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विविध विषयमा केन्द्रित भएको अधिकारीहरूले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा ५७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार २८२ कोरोना परीक्षण गर्दा ५७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । शुक्रबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर लूले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ।
अर्थ मन्त्रालयका पदाधिकारीसँग गरेको छलफल, प्राप्त कागजात र सीसीटीभी फुटेजको अध्ययनमा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको समितिको निष्कर्ष निकालेको हो ।
भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ ।