• १२ असोज २०८१, शनिबार

जनजाति महिला महासङ्घले नयाँ नेतृत्व चयन गर्दै

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर २८ गते । राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ (निफ) को आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंको राष्ट्रिय नाचघरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महाधिवेशनको उद्घाटन गर्दै आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र सीपको संरक्षण, विकास र प्रवर्धनमा राज्यले भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । 

आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने महाधिवेशनमा महासङ्घका ४८ वटा सदस्य सङ्गठनबाट एक प्रतिनिधि र एक पर्यवेक्षक गरी ९६ जना सहभागी रहेका छन् ।

महाधिवेशनले अध्यक्ष १, उपाध्यक्ष ३ (हिमाल, पहाड र तराईलाई प्रतिनिधित्व गर्नेगरी),  महासचिव १ र कोषाध्यक्ष १ निर्वाचित गर्नेछ । त्यसैगरी, अनुसन्धान तथा सूचना र सञ्चार, विदेश तथा परियोजना, जनसम्पर्क तथा सङ्गठन विस्तार र भाषा तथा संस्कृति हेर्नेगरी ४ जना सचिव निर्वाचित हुनेछन् ।