• १२ असोज २०८१, शनिबार

पाल्पामा जिप दुर्घटना हुँदा चार जना घाइते

blog

फाइल तस्बिर

रेखीराम राना

पाल्पा, मङ्सिर २८ गते। पाल्पाको तानसेन–१२, लुहुङमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बुधबार बाग्लुङ्को बुर्तिबाङ्गदेखि बुटवलको लागि छुटेको लु १ ज १९९३ नम्बरको जिप लुहुङ्को उकालो बाटोमा दुर्घटना भएको हो। 

दुर्घटनामा दुई बच्चासहित चार जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। उकालोमा जिप व्याक गर्ने क्रममा भीरमा ठोक्किएर दुर्घटना भएको स्थानीय युवराज पौडेलले जानकारी दिनुभयो। 

घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। हार्थोक–जोर्ते खण्डको बाटो निर्माणका लागि बन्द गरेको अवस्थामा उक्त बाटो भएर जिप तानसेनतर्फ आइरहेको बेलामा दुर्घटना भएको हो।