• १५ जेठ २०८१, मङ्गलबार

भद्रपुर गोल्डकप हुँदै

blog

विर्तामोड समाचारदाता

बिर्तामोड, मंङसिर २८ गते। ओझेलमा परेको मेची रङ्गशालालाई थप व्यवस्थित गर्दै प्रचार प्रसार गर्ने उद्देश्यले  भद्रपुर गोल्डकपको आयोजना हुने भएको छ।  

भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलो पटक ‘ए’ डिभिजन क्लबको सहभागितामा भद्रपुर गोल्डकप सञ्चालन गर्न लागिएको भद्रपुर  नगरपालिकाका प्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो। 

भद्रपुर गोल्डकपको आयोजनाका लागि नगरपालिकाबाट ४० लाख बजेट विनियोजित गरिएको र यसलाई थप व्यवस्थित गर्नका लागि दीपेश ढकालको अध्यक्षतामा भद्रपुर गोल्डकप मूल समारोह समितिसमेत गठन गरिएको छ। भने प्रतियोगिता सञ्चालनका लागि नगरपालिकामा सर्वपक्षीय छलफलसमेत गरिएको छ।

सर्वपक्षीय  छलफलबाट  समितिको अध्यक्षमा ढकालसहित  वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा टहलदास मैनाली, कोषाध्यक्षमा गणेश राजभण्डारी र सह कोषाध्यक्ष अजय साहेवालालाई चयन गरिएको छ।  

झापा सदरमुकाम चन्द्रगढीस्थित भद्रपुर ८ मा रहेको  मेची रङ्गशालामा पहिले जिल्लास्तरीय र ठूला प्रतियोगिता समेत हुने गरेकोमा पछिल्लो समय यस रङ्गशाला ओझेलमा परेको थियो।

गोल्डकपको माध्यमबाट स्थानीय स्तरमा खेलाडी उत्पादनलाई प्राथमिकता दिइएको र एन्फासंग समन्वय गरेर फागुन महिनाभित्रै प्रतियोगिता सक्ने मिति तय गरिन लागेको आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिनुभयो।