मनाङमा याक र हिउँचितुवाको संरक्षणका लागि हाइअल्टिच्युडमा दोस्रो मैत्रीपूर्ण फुटबल खेल भएको छ । यही असोज ३ देखि ७ गतेसम्म समुद्री सतहबाट दुई हजार ६ सय मिटर उचाइमा रहेको तिमाङमा पहिलो खेल भएको थियो भने तीन हजार पाँच सय मिटर उचाइमा रहेको मुङ्जीमा अवस्थित मैदानमा दोस्रो मैत्रीपूर्ण खेल प्रदर्शन भएको जैविक विविधता संरक्षण समाज नेपालका निर्देशक डा. पारसविक्रम सिंहले जानकारी दिनुभयो ।
तराईका आदिवासी थारू समुदायका महिलाको प्रमुख पर्व जितिया आजदेखि सुरु भएको छ । सन्तानको दीर्घायु, सुख समृद्धिको मनोकामना गर्दै मनाइने यस पर्वमा थारु महिलालगायत अन्य समुदायले आज नदी, तलाउमा नुहाएर जितमहानको पूजागरी जितिया सुरु गरेका हुन्।
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहनुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्ज अन्तर्गत चालु आर्थिकबर्ष २०८१–८२ मा कार्यान्वयन गर्नुपर्ने दुईसय बढी निर्माण योजना छन् । तर त्यसका लागि आवश्यक प्राविधिक जनशक्ति न्यून छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा ३५ बालबालिकासहित कम्तीमा चार सय ९२ जनाको मृत्यु भएको छ । यो अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएयता सीमापार हिंसाको सबैभन्दा घातक दिन थियो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिकूल राजनीतिका कारण मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय खोल्न नसकिएको बताउनुभएको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं। ३ र ५ मा पर्ने पर्यटकीय स्थल स्यार्पु ताल । यहाँ असार महिनादेखि असोज महिनासम्म आन्तरिक पर्यटकहरुको चहलपहल बढ्ने गर्दछ ।
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका –२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाले आयोजना गरेको एक हप्ते स्याउ टिप्ने खाने मेलाको समय एक हप्ता थपिएको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन भएको छ । लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार रु १३ करोड ६६ लाख लागतमा ५० शय्याको अस्पतालको भवन निर्माण गरिएको थियो ।
इलामको सन्दकपुर गाउँपालिका– १ भित्तेमा एक व्यक्तिले पत्नीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । भित्तेका ४६ वर्षीय उजबहादुर राईले ४० वर्षीय पत्नी फूलकुमारी राईलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको र उजबहादुरले झुन्डिएर आत्म हत्या गरेको भेटिएको इलामका एसपी प्रभुप्रसाद ढकालले बताउनु भयो ।
कुनै समय खचाखच भिड लाग्ने पुस्तकालयमा पछिल्लो समय पाठकको चाप शून्य जस्तै बन्न थालेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले सुशासनका लागि सबैको साझा प्रयास र प्रतिवद्धता आवश्यक भएको बताउनुभएको छ ।
निर्माण कम्पनीको लापर्बाहीका कारण घोराहीमा बनिसक्नुपर्ने करिब आधा दर्जन सडक निर्माणमा ढिलाइ भएको छ ।
त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।
लहान नगरपालिका–१३ र २४ को सिमानामा रहेको बर र पिपल दुवैले दिइरहेको माया र छायाले आत्मा प्रफुल्ल पारिरहेको स्थानीयले बताएका छन् । धार्मिक र वातावरणीय