संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकलाई सहज हुने गरी यातायातको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको समयावधि विस्तारपछि अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा पुल निर्माणाधीन पुल अन्तिम चरणमा पुगेकोे छ । विसं २०७५ मा पुल निर्माणका लागि निर्माण कम्पनीले स्याङ्जा र पाल्पालाई जोड्नेगरी कालीगण्डकीमा दुई पुल निर्माणको ठेक्का सम्झौता भई निर्माण अगाडि बढेको हो ।
विश्व रामसारमा सूचीकृत कैलालीको घोडाघोडी तालमा सूचक प्रजाति मगर गोहीको सङ्ख्या वृद्धि हुँदै गएपछि आहाराका लागि बाहिरिन थालेका छन् ।
बालबालिकाले ज्ञान आर्जन गर्ने थलो छाडा चौपायाको आश्रयस्थल बनेको छ ।
राज्य सञ्चालनका प्रमुख तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकापछि व्यवहारतः पत्रकारिता जगत्लाई राज्यको चौथो अङ्गका रूपमा स्वीकार गरिएको छ । यस अर्थमा पत्रकारितालाई लोकतन्त्रको अविभाज्य अङ्गका रूपमा हेरिँदै आएको छ ।
संविधानलाई राज्य र नागरिकबिचको सामाजिक करारका रूपमा पनि व्याख्या गर्ने गरिन्छ ।
गोरखापत्रकर्मी एवम् क्रियाशील पत्रकार रमेश विश्वकर्मालाई प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
देशका अन्य भूभागमा झैँ सुदूरपश्चिमका जिल्ला पनि स्वास्थ्य सेवाको पहुँचबाट टाढा छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ विनयी खोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
संसद्मा निकै लामो राजनीतिक विवादपछि प्रतिनिधि सभाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गर्यो । तीन महिनाभन्दा लामो समयपछि समितिले प्रतिवेदन सभामा पेस गर्यो ।
साल्ट ट्रेडिङ कर्पोरेसनले सोमबारबाट सुपथ मूल्य पसल सुरु गरेको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसान तथा उद्यमीहरूले कृषि ऋण र सरकारी सहयोग सहज रूपमा पाउन नसकेको बताउनुभएको छ ।
एसियाका कर्जा तथा निक्षेप सुरक्षण संस्थाको ३६ औँ सम्मेलन सोमबार सम्पन्न भएको छ । सम्मेलनमा साना तथा मझौला उद्यमको प्रवर्धन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्ने प्रतिबद्धता सहभागीले जनाएका छन् ।