गण्डकी प्रदेशसभाको छैटौं अधिवशेन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको सिफारिसमा सोमबार राति १२ बजेबाट अन्त्य गर्नुभएको हो ।
लुम्बिनी प्रदेश सरकारले राजधानी सहर निर्माण गर्न लगानीको खोजी सुरु गरेको छ ।
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन क्षेत्रीले सबैभन्दा बढी उर्वर क्षेत्र रहेको मधेश प्रदेशको कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँले मधेश प्रदेशको कृषि क्षेत्रलाई उन्नत र आधुनिक बनाउन सकियो भने यहाँको उत्पादनले मुलुकलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो ।
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका(१३ स्थित विर्गुमखानी गाउँ र गाउँको बिचमा अवस्थित पोखरी ।
निर्माण व्यवसायीले समयमा काम नगर्दा अलपत्र परेको भैरहवा–परासी सडकखण्डको काम जनप्रतिनिधिको दबाबपछि सुरु गरिएको छ ।
इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलविरुद्ध उपप्रमुख सङ्गीताकुमारी चौधरी र १५ जना वडाध्यक्षसहित २२ जना कार्यपालिका सदस्यले उच्च अदालत विराटनगरमा सोमबार कार्यपालिका बैठकका लागि परमादेशको अन्तरिम आदेश जारी गर्न माग गर्नुुभएको छ । बिस वटा वडा रहेको इटहरी उपमहानगरपालिकाको कार्यपालिका समितिमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित ३१ जना सदस्य रहेका छन् । ज
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–५ स्थित विकट गाउँ निसेलढोर पूर्वी रुकुमको सिमानासँग जोडिएको छ ।
कृषि क्षेत्रमा बढ्दै गएको रासायनिक मल तथा विषादीको प्रयोग न्यूनीकरण गर्दै वातावरण तथा दिगो उत्पादन प्रणालीलाई प्रवर्धन गर्न पर्यावरणीय कृषि अवधारणामा आधारित परियोजनालाई प्रभावकारी ढङ्गबाट अगाडि बढा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
रुकुमपश्चिममा तीन वर्षमै सम्पन्न गर्ने गरी सम्झौता भएको पुल आठ वर्षपछि निर्माण भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा बढी शुल्क तिर्नुपर्ने गुनासो आएपछि अनिवार्य टिकट दिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो ।
विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कानुनभन्दा अन्धविश्वास र परम्परागत मूल्यमान्यता बलियो हुँदा कर्णालीमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।