अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक सङ्केत देखिए पनि अझै केही क्षेत्रमा सुधारको पहल आवश्यक रहेको जनाएको छ ।
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको छ ।
निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
नागरिक उन्मुक्ति पार्टीले आफ्नो दुई प्रदेश सभा सदस्यको कारबाही फुकुवा गरेको छ ।
विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन् ।
जिल्ला प्रशासन नवलपुरले चाडपर्वलाई लक्षित गरी संयुक्त सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।
बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्व नेताहरूले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो वार्षिक बैठक सुरु गर्दैछन् ।
सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्कनुभएको छ ।
टर्कीको उत्तरपश्चिमी प्रान्त बुर्सामा एक प्रशिक्षण विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त भट्टले सञ्चालन गर्नुभएको महारुद्र फेन्सी पसल एन्ड आटा चक्कीमा आगलागी हुँदा उक्त क्षति भएको हो ।
देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट पुरस्कृत वरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले उक्त रकम रोटरी क्लब अफ काठमाडौँ बेष्टसँगको सहकार्यमा मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण गर्नुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
वर्खा सकिएसँगै पूर्वको पर्यटकिय नगरी धनकुटाको हिले पर्यटनको सिजन सुरु भएको छ ।
बाजुराको सदरमुकाम मार्तडीमा सवारी साधन पार्किङमा समस्या हुने गरेको छ । मार्तडीमा विगत एघार वर्षदेखि पार्कको व्यवस्था नहुँदा यहाँ आउने साना ठुला सबै सवारी साधनलाई दैनिक पार्किङ गर्न समस्या हुने गरेको हो ।
सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।