• ११ असोज २०८१, शुक्रबार

दुई प्रदेश सभा सदस्यको कारबाही फुकुवा

blog

प्रदेश सभा सदस्य घनश्याम चौधरी र इन्दिार गिरी ।

अविनाश चौधरी

धनगढी, असोज ८ गते । नागरिक उन्मुक्ति पार्टीले आफ्नो दुई प्रदेश सभा सदस्यको कारबाही फुकुवा गरेको छ । सो पार्टीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका प्रदेश सभा सदस्य घनश्याम चौधरी र इन्दिरा गिरीलाई पार्टीले गरेको कारबाही फुकुवा गरेको हो । 

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सोमबारदेखि कारबाही फुकुवा गर्दै दुवै जनालाई पार्टीको यथास्थानमा बहाली गर्नुभएको छ । 

नागरिक उन्मुक्ति पार्टीभित्र विवाद चर्किएको बेला अध्यक्ष श्रेष्ठले कारबाही गर्नुभएको थियो । झन्डै छ महिनापछि सो कारबाही फुकुवा गरिएको छ । 

यस्तै, नागरिक उन्मुक्ति पार्टीले बागमती प्रदेश अध्यक्ष दीप तामाङ, गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र केन्द्रीय सदस्य नवीन थापालाई गरेको कारबाही पनि फुकुवा गरेको सांसद गङ्गाराम चौधरीले जानकारी दिनुभयो ।