• ११ असोज २०८१, शुक्रबार

पदक विजेता खेलाडी स्वदेश फिर्ता

blog

चीनको हान्झाऊमा आयोजित २०औँ एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, असोज ८ गते । सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्कनुभएको छ । चीनको हान्झाउमा आयोजित २०औँ एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेल पदाधिकारीले स्वागत गर्नुभयो । 

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएनन् । नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गर्नुभएकी एरिका पहिलोपटक १९औँ एसियाडमा छनोट हुनुभएको थियो । उक्त प्रतियोगितामा पनि उहाँले रजत पदक हात पार्नुभएको थियो । रासस