निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आज सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
चाडपर्वलाई लक्षित गरी पालिएका च्याङ्ग्रा मुस्ताङबाट पोखरा ल्याएर रकम नदिई भाग्ने मोहम्मद फकिरलाई कास्की प्रहरीले मङ्गलबार पक्राउ गरेको छ।
तायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता ईश्वरी दत्त पनेरुका अनुसार दशैं, तिहार र छठ पर्वमा काठमाडौँ उपत्यका बाहिर जाने र बाहिरका जिल्लाबाट काठमाडौं प्रवेश गर्ने यात्रुहरुको यात्रालाई सहज र सुरक्षित बनाउनका लागि मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सरकारले सबै प्रयासहरू अगाडि बढाएको बताउनुभएको छ ।
बैङ्किङ कसुर र सहकारी ठगीको मुद्दामा मिलापत्रको लागि बाटो खुला भएको छ। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत महान्यायाधिवक्ता रमेश बडालले पीडितलाई रकम फिर्ता गरेर मिलापत्र गर्न सकिने जानकारी दिनुभएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको भेन्टिलेसन काटेर फरार भएका सबै जना पक्राउ परेका छन्। सोमबार बिहान ४ बजेको समयमा हिरासत कक्षको भेन्टिलेसन काटेर नौ जना थुनुवा फरार भएका थिए।
दसैँका लागि आउँदो शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिने निर्णय भएको छ ।
किशोर किशोरीहरूको मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । उक्त सम्मेलन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा असोज १५ र १६ गरी दुई दिन काठमाडौँमा हुने भएको हो ।
पर्सा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । सुनौलो परिवार नेपालले वीरगन्जमा सुरक्षित गर्भपतन सेवामा पत्रकार र सरोकारवाला निकायको भूमिका विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम गरेको हो ।
नेपालगन्जमा केही दिनयता बढेको गर्मीले गर्दा नेपालगन्ज लगायत बाँके जिल्लाको जनजीवन प्रभावित बनेको छ। चिसो मौसम सुरु हुने समयमा गर्मी बढेसँगै सर्वसाधारणको दैनिकीमा नराम्रो असर परेको स्थानीय कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि प्रारम्भिक चरणमा ४० खेलाडीको घोषणा गरेको छ ।
सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अस्वीकृत गरेको छ ।
दाङको राप्ती गाउँपालिकाले दुध उत्पादक किसानलाई १२ लाख बढी प्रोत्साहन स्वरूप रकम प्रदान गरेको छ ।
विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट स्रोत नखुलेको नगद ७ लाख रुपियाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुमै रिठ्ठा, तार्पिन तेल, खोटो रोजिनको निर्यात बढेको छ।