• ११ असोज २०८१, शुक्रबार

महिला साफको बन्द प्रशिक्षणमा ४० खेलाडी

blog

काठमाडौँ, असोज ८ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि प्रारम्भिक चरणमा ४० खेलाडीको घोषणा गरेको छ ।

घरेलु मैदान दशरथ रङ्गशालामा अक्टोबर १७ देखि ३० तारिखसम्म हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक टोली तय गर्नुभएको हो । टोलीमा पर्ने खेलाडीमा हाल जारी रहेको एन्फा महिला लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी छन् ।

साबिक उपविजेता नेपाल च्याम्पियनसिपको समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा श्रीलङ्का, माल्दिभ्स र भुटान रहेको छ । समूह ‘बी’ मा साबिक विजेता बङ्गलादेश, भारत र पाकिस्तान रहेका छन् । 

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी