काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
बागलुङमा साउनयता सात सय ९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्क जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेंगु परीक्षणको हो ।
उचित मूल्य निर्धारण नभएको भन्दै तनहुँमा एमसिसि परियोजनाबाट प्रभावित बासिन्दा आन्दोलित भएका छन् । परियोजनाअन्तर्गतको ४०० केभी विद्युत प्रसारण लाइनका लागि विद्युत टावर रहने जग्गाको जग्गाधनीहरु आन्दोलित भएका हुन् ।
आर्थिक सङ्कटको समना गरिरहेको श्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले मङ्गलबार देशको अपेक्षित संसदीय चुनाव आगावै आफ्नो मन्त्रीमण्डल गठन गर्नुभएको छ ।
इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मङ्गलबार हिजबुल्लाह इजरायल आक्रमण विरुद्ध एक्लै खडा हुन नसक्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारले तयार पारेको भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनाको मस्यौदामा ११ वटा विषयलाई प्राथमिकता दिइएको छ ।
बागलुङस्थित नेपाल टेलिकमका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बिटिएस टावर खडागरी मङ्गलबारदेखि सेवा प्रारम्भ भएको होे ।
गोरखामा योजनाबद्ध ढङ्गबाट सुनको सिक्री चोर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिक्री लुटपाटमा संग्लग्न गोरखाको शहिद लखन गाउँपालिका – ९ नाम्जुङका ३८ वर्षीय सुनिल बिक र ललितपुर उपमहानगरपालिका – १६ का ३७ वर्षीय शैलेश ताम्रकारलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पृथ्वी सम्पूर्ण प्राणी जगतकाे साझा घर हो । अहिलेसम्मको वैज्ञानिक खोज–अनुसन्धानबाट जीव अनुकूलनको अर्को ग्रह फेला परेको छैन ।
स्थानीय सरकारहरू सङ्घीय शासन प्रणालीका बलिया खम्बा हुन् ।
स्याङ्जाको वालिङमा मासिक रुपमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । वृद्धवृद्धा र असक्तहरुका लागि लक्षित गरी प्रत्येक महिना स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।
सङ्घीय संरचनालाई आत्मसात् गरी नयाँ संविधान जारी भएको नौ वर्ष पुग्यो ।
सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले झण्डै राष्ट्रिय सहमतिको दुई ठुला र मुख्य प्रतिस्पर्धी दलको सरकार हुनु नीजि क्षेत्रका लागि सुनौलो अवसर भएको बताउनुभएको छ ।
लेखक मोहन मैनालीको ‘मुकाम रणमैदान’ पुस्तकले २०८० सालको मदन पुरस्कार पाएको छ ।