• ११ असोज २०८१, शुक्रबार

स्वयंसेवक इञ्जिनियरको भरमा आयोजना

blog

नेपालगञ्जस्थित सामाजिक विकास डिभिजन कार्यालय । तस्बीरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, असोज ८ गते । सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्ज अन्तर्गत चालु आर्थिकबर्ष २०८१–८२ मा कार्यान्वयन गर्नुपर्ने दुईसयभन्दा बढी निर्माण योजना छन् । तर त्यसका लागि आवश्यक प्राविधिक जनशक्ति न्यून छ । 

बाँके र बर्दिया दुई जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा कार्यालय प्रमुखसहित सात जनाको दरबन्दी छ । कार्यालय प्रमुख उद्धव श्रेष्ठका अनुसार इञ्जिनियर, सब–ओभरसियर, लेखा अधिकृत, कार्यालय सहयोगी र सवारी चालक गरी सात जनाको दरबन्दी छ । 

कार्यालयका लागि विनियोजित हुने गरेको अधिकांश बजेटको योजना विद्यालय भवन निर्माण तथा अन्य पर्खाललगायत निर्माणका योजना छन् । तर एक जना स्वयंसेवक इञ्जिनियर र एक जना करारका सब–ओभरसियरको भरमा बार्षिक ३० करोड बढिको योजना कार्यान्वयन गनुपर्ने बाध्यता कार्यालयलाई छ ।  

सीमित जनशक्ति भए पनि विगत बर्षदेखि नै योजनाको सुरुवाती चरणदेखि कार्य सम्पन्नसम्म उत्कृष्ट काम सम्पादन गर्दैआएको प्रमुख श्रेष्ठको भनाइ छ । कार्यालय प्रमुख श्रेष्ठ भन्नुहुन्छ, ‘सीमित जनशक्तिका कारण कामकाजमा कठिनाइ भए पनि कर्मचारीहरु दिनरात नभनी खटिएर काम गरी उत्कृष्ट काम गर्दैआएका छौं ।’