सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमा काठको अस्थायी पुल निर्माण गरिएको छ ।
राष्ट्रिय जनावर गाईको संरक्षणको लागि तनहुँमा अक्षय कोष स्थापना गरिएको छ । व्यास नगरपालिका –१० दुम्सीस्थित गौ संरक्षण तथा सरसफाई व्यवस्थापन केन्द्रले दाताहरुबाट रकम सङ्कलन गरेर वेदव्यास गौ संरक्षण अक्षय कोष स्थापना गरेको हो ।
पाल्पाको विभिन्न स्थानमा तोरी फुलेका छन्। केही महिनाअघि यहाँका किसानले लगाएका तोरी फुलेर बारी पहेँलै बनेका छन्।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–७ स्थित नगदेशमा शनिबार ज्यापू महागुथी नेपा, उपकार साकोस र नृत्यनाथ बासुरी खलद्वारा आयोजित सामूहिक म्हःपूजा ।
महान पर्व तिहारको अवसरमा दक्षिण कोरियामा काम विशेषले बसोबास गर्ने नेपालीले देउसी भैलो खेली रमाइलो गरेका छन् । यस पटक तिहारको देउसी खेल्ने मुख्य दिन शनिबार र भाइटीका आइतबार परेकाले कोरियामा भब्य रुपले मनाइएको हो ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने शनिबार बताउनुभएको छ।
बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट जुलाईमा भएको आम निर्वाचनमा पार्टीको खराब प्रदर्शनपछि राजीनामा दिएका ऋषि सुनकको स्थानमा शनिबार ‘एन्टी–वोक’ उम्मेदवार केमी बदेनोच चयन हुनुभएको छ।
हङकङ सिक्सेस क्रिकेटको क्वाटरफाइनलमा पराजित नेपालले प्लेट सेमिफाइनल खेल्ने भएको छ।
नेपालले आइसिसी विश्वकप लिग-२ मा शनिबार राति अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। लिग-२ को अघिल्लो खेलमा स्कटल्यान्डमाथि सहज जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित खेवाङमा सम्पन्न खेवाङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पेदाङ स्पोर्टिङ क्लबले जितेको छ । पाँचथरको कुम्मायक गाउँपालिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै सिरिजङ्घा गाउँपालिका –५ पेदाङले उपाधि जितेको हो ।
हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको छ। दुई जितसहित पूल ‘बी’को विजेता बनेर क्वाटरफाइनल पुगेको नेपाल एक हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।
तिनाउ नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् । भारत गोण्डाका १२ वर्षीय बालक मोहम्मद मुसबसिर खान पाल्पा तिनाउ गाउँपालिका ३ ड्यामस्थित तिनाउ नदीमा डुबेर बेपत्ता भएका हुन् ।
स्याङ्जाको गल्याङ नगरपालिकाका कृषि तथा पशु प्राविधिकहरू घरबारीमै पुगेपछि कृषकहरू उत्साहित भएका छन् । पालिकाले सञ्चालन गरेको ‘कृषकसँग कृषि प्राविधिक कार्यक्रम’ अन्तर्गत कृषकका खेतबारीमा प्राविधिक पुगेका हुन् ।
सुनसरीमा जुवा खेल्ने क्रममा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा जुपाडेहरुबाट करिब तीन लाख रुपियाँ बरामद गरेको छ ।
लामो समयको प्रतीक्षापछि अन्ततः हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको २४ नं सीमास्तम्भ क्षेत्रमा कोरला नाकामा नेपालले अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ ।