प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ ।
हिमालपारिको जिल्ला मुस्ताङमा अहिले प्राय सबैले स्याउ टिपेर रुखहरु खाली बनाएका छन् । स्याउको बोटमा पात झर्न थालेका छन् भने टाढासम्म हेर्दा बोटहरु उराठजस्तै देखिन थालेको छ । त्यही स्याउको बोटमुनि अहिले किसान ब्यस्त छन् ।
नेपाल संवत ११४५ को अवसरमा जिल्लाको रामपुरमा शुभकामना र्याली निकालिएको छ । नेवाः देय दबू रामपुर नगर समितिले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा शनिबार र्याली निकालेर शुभकामना आदानप्रदान गरेको हो ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री आदेशकुमार अग्रवालले नेपालगन्जमा शङ्खधर साख्वाको शालिक निमाण गर्नका लागि प्रदेश सरकार सदैव सहयोगी रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्नेखालका क्रियाकलाप कसैले गर्न नहुने बताउनुभएको छ । नेपाल संवत् नयाँ वर्ष ११४५ का अवसरमा आज मूल समारोह समितिले काठमाडौँको वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते पोखरामा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुँदैछ ।
गाउँघर सहर जताततै तिहारको रमाइलो छाएको छ । तिहारलाई फूलैफूलको पर्व भनेर चिनिन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले आज गाईपूजा गर्नुभएको छ। कात्तिक कृष्णऔँसी अर्थात् गाई तिहारका दिन देवीलक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने परम्परा रहेको छ।
चाडपर्वको समयमा समेत झापामा लागुऔषध भित्र्याउने गिरोह सक्रिय रहेको पाइएको छ ।
तिहारसँगै डोटी जिल्लाका बजार क्षेत्रमा प्लास्टिक फुल मालाको बिक्री बढेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल हुम्ला पुग्नुभएको छ । प्रदेशको नीति कार्यक्रमअनुसार हुम्लाको वस्तुस्थिति बुझ्न यहाँ पुगेको बताउनुभयो । उहाँले हुम्ला पर्यटकीय हिसाबले सबैभन्दा अब्बल जिल्ला भएको बताउनुभयो ।
झापामा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ र बिर्तामोड नगरपालिकाअन्तर्गत बिर्तामोड–शनिश्चरे रोडमा पर्ने डाँस पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नेपाल गोजुरियो कँराते-डो संघ स्याङ्जाको आयोजना फेदीखोला गाउँपालिका २ को समन्वयमा तेस्रो जिल्ला स्तरीय बेल्ट ग्रेडिङ्ग तथा दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ।
जिल्लाको एकमात्र छायाँनाथ रारा नगरपालिकाका बस्तीमा पुष्प खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ ।
निर्धारित समयमा काम पूरा गर्न तिहार बिदाको समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले कामलाई निरन्तरता दिएको छ ।